Trending
Prev Story
Next Story

न्यायिक स्वतन्त्रताका लागि काम गर्ने सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको प्रतिबद्धता

Onlinekhabar •
November 07, 2026 • 05:00 AM
1
1 reads 0 reactions

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायिक स्वतन्त्रता, निष्पक्ष न्याय सम्पादन र न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शनिबार उनले …

न्यायिक स्वतन्त्रताका लागि काम गर्ने सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको प्रतिबद्धता

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायिक स्वतन्त्रता, निष्पक्ष न्याय सम्पादन र न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शनिबार उनले न्यायिक स्वतन्त्रता, न्यायको गुणस्तर र न्यायिक अधिकारक्षेत्रको सीमालाई महत्त्व दिएका छन् ।

उनले न्याय सम्पादनका क्रममा तथ्य र प्रमाणको मूल्याङ्कन, निष्पक्ष सुनुवाइ, कारणयुक्त फैसला तथा नजिरको सुसङ्गत प्रयोगलाई प्राथमिकतामा राखेका छन् । ‘आफ्नो कार्यसम्पादनको नियमित समीक्षा तथा मूल्याङ्कन गर्नेछु । मुद्दा व्यवस्थापन र फैसला लेखनको समयबद्धतामा विशेष ध्यान दिनेछु,’ उनले कार्ययोजनामा भनेका छन्, ‘निर्णयको गुणस्तर, नजिरको प्रयोग र प्रक्रियागत निष्पक्षता सुनिश्चित गर्नेछु । लागू न्यायिक आचारसंहिताको पूर्ण पालना गर्नेछु ।’

उनले संस्थागत सुधारका प्रस्तावको प्रगति सम्बन्धित निकायसँग समन्वय गरी समीक्षा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । संसदीय सुनुवाइ समितिलाई कानुनबमोजिम प्रगति विवरण उपलब्ध गराउने तथा न्यायिक स्वतन्त्रता, गोपनीयता र व्यक्तिगत सूचनाको संरक्षण गर्ने उनको प्रतिबद्धता छ ।

प्रस्तुत कार्ययोजनामा न्यायलाई मुद्दाको संख्या र फैसला गर्ने गति मात्रैका आधारमा नभई गुणस्तर, समयबद्धता, निष्पक्षता र सेवाग्राहीले प्राप्त गर्ने वास्तविक न्यायका आधारमा मूल्याङ्कन गर्नुपर्ने अवधारणा अघि सारिएको छ ।

पाण्डेले सर्वोच्च अदालतमा मुद्दाको चाप र पुराना मुद्दाको अवस्थालाई पनि कार्ययोजनामा समेटेका छन् । उनका अनुसार सर्वोच्च अदालतमा २६ हजार ६९७ मुद्दा विचाराधीन छन् । तीमध्ये दुई वर्ष नाघेका ९ हजार ९४९ र पाँच वर्ष नाघेका १ हजार २५५ मुद्दा छन् ।

मुद्दाको चाप व्यवस्थापनका लागि अनावश्यक स्थगन नियन्त्रण, इजलासको प्रभावकारिता अभिवृद्धि र न्यायिक कामकारबाहीको नियमित समीक्षा आवश्यक रहेको उनको कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै, न्याय सम्पादनमा गुणस्तर कायम गर्न नजिरको सुसङ्गत प्रयोग, पर्याप्त सुनुवाइ तथा स्पष्ट र कारणयुक्त फैसला आवश्यक रहेको उनले औँल्याएका छन् ।

न्यायपालिकाको सुधारमा न्यायाधीशको व्यक्तिगत भूमिका र संस्थागत जिम्मेवारीलाई पनि उनले अलग गरेका छन् । बजेट, जनशक्ति तथा न्यायिक प्रशासनसँग सम्बन्धित विषयमा सम्बन्धित निकायको अधिकार र जिम्मेवारी स्वीकार गर्दै न्यायाधीशले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने उनको दृष्टिकोण छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकिएसगै डाँगीको सुरु

सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकिएसगै डाँगीको सुरु

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सम्पन्न भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा शनिबार बिहानदेखि भएको सुनुवाइपछि पाण्डेको प्रक्रिया टुंगिएको हो...

#सर्वोच्च-अदालत #प्रस्तावित #न्यायाधीश
Compare →
Nagarik News
6d ago
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश पाण्डेको निष्पक्षता र फैसलामाथि प्रश्न

प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश पाण्डेको निष्पक्षता र फैसलामाथि प्रश्न

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेको न्यायिक निष्पक्षता, विगतका फैसला र कार्यसम्पादन क्षमतामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको छ।

#सर्वोच्च-अदालत #प्रस्तावित #न्यायाधीश
Compare →
Ekantipur
6d ago
सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Arthasansar
10h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Bizshala
10h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2611