Trending
Prev Story
Next Story

विपी राजमार्गमा जाइकाले सुरु गर्यो पुनर्निर्माण

Nagarik News •
November 07, 2026 • 03:56 AM
1
1 reads 0 reactions

सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

विपी राजमार्गमा जाइकाले सुरु गर्यो पुनर्निर्माण

प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनर्निर्माणको लागि जाइकासँग रु दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो। डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु गरेको जानकारी दिए। यस्तै, पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको खण्डमा पुनर्निर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको बताए। उनका अनुसार डालाबेँशीदेखि चारसयबेँशीसम्म (आठ दशमलव पाँच किमी) पुनर्निर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ।

यस्तै चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्म (११ दशमलव आठ किमी) सडक लामा–नवकान्तिपुर जेभीले आगामी ०८४ असार १७ गतेभित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको योगशेको भनाइ छ। यसैगरी, पिप्लेदेखि डालोबेँशी (दुई दशमलव तीन किमी) सडकखण्डको जिम्मा पाएको उमा एण्ड कम्पनी–भण्डारी जेभीको २०८४ कात्तिक २६ गतेसम्म निर्माण सक्नेछ। उनले भने, 'विपी राजमार्ग पुनर्निर्माणको काम लक्ष्य अनुरुप नै भइरहेको छ।'

विसं २०८१ असोज दोस्रोसाता रोशी खोलाको बाढीका कारण विपी राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्धस्थित दाप्चाखोला १ नं पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किमी सडक पूर्ण रूपमा क्षति भएको थियो।

क्षतिग्रस्त राजमार्गमध्ये काभ्रेपलाञ्चोकतर्फको २५ दशमलव ११ किमी सडक तीन खण्डमा पुनर्निर्माणको काम भइरहेको छ। आगामी वर्षायाम अघि नै निर्माणाधीन तीन खण्डमा एक लेयरको कालोपत्रे गर्ने गरी तयारी भइरहेको योगेशले बताए। उनका अनुसार बाढीबाट क्षतिग्रस्त विपी राजमार्ग ‘डेडिकेटेड डबल लेन’मा पुनर्निर्माण भइरहेको हो।

सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकभित्र पर्ने पिप्लेदेखि डालाबेँशीसम्मको दुई दशमलव ३ किमी सडक पुनर्निर्माण गर्न उमा एण्ड कम्पनी–भण्डारी अमरज्योती जेभीसँग रु ६८ करोड ८० लाख, डालाबेँशीदेखि चार सयबेँशीसम्मको सडकका लागि लामा–नव कान्तिपुर जेभीसँग रु एक अर्ब ४२ करोड र चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको सडक पुनर्निर्माणका लागि खानी–एवान–कमलजीत जेभीसँग रु एक अर्ब ३३ करोडमा सम्झौता भएको छ।

यसैबीच विपी राजमार्गमा हाल पुनःनिर्मित सडकबाटै सवारी आवागमन गराएको जनाइएको छ। 'एक दुई स्थानमा साँघुरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ, अन्यत्र अप्ठेरो छैन,' योगेशले भने। उनका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले हाल मर्मत भइराखेको र डाइभर्सन गरिएको छ। डालाबेँसी–पिप्ले खण्डमा पनि त्यस्तै व्यवस्था गरिएको छ।

हाल पुनःनिर्मित सडकबाटै आवागमन गराइए पनि जाम नहुने योगेशको भनाइ छ। उनका अनुसार वर्षा भइ सडक माथिबाट लेदो तथा पहिरो गइ अवरुद्ध भए आधादेखि केही घण्टामै सडक खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको छ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गका रूपमा उक्त राजमार्गलाई लिइन्छ।

क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले कुल रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको थियो। जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको छ।

योगेशका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ। तीनवटै खण्डमा छ दशमलब तीन किलोमिटर आरसीसी पर्खाल निर्माण हुनेछ। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ देखि विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न भएको राजमार्ग विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। रासस

प्रकाशित: २१ कार्तिक २०८३ ०९:४१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
जाइकाले सुरु गर्‍यो बाढीले भत्काएको बीपी राजमार्गको पुनर्निर्माण

जाइकाले सुरु गर्‍यो बाढीले भत्काएको बीपी राजमार्गको पुनर्निर्माण

धुलिखेल । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा...

#पुनर्निर्माण #जाइ #पिप्ले
Compare →
Bizshala
1w ago
सिंहदरबारलाई पुरानै स्वरूपमा फर्काउन १ अर्ब ११ करोड खर्च हुने

सिंहदरबारलाई पुरानै स्वरूपमा फर्काउन १ अर्ब ११ करोड खर्च हुने

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई पुरानै स्वरूपमा फर्काउन करिब १ अर्ब...

#पुनर्निर्माण #खण्ड
Compare →
Ekantipur
1w ago
विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

बाढीपहिरोमा घरबार गुमाएका परिवारले जग्गा, राहत र पुनर्निर्माणमा ढिलाइ भएपछि सुरक्षित तथा सुविधायुक्त ठाउँ खोज्दै गाउँ छाडिरहेका छन्।

#पुनर्निर्माण
Compare →
Onlinekhabar
1w ago
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी

भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी

२० कात्तिक, काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउने फ्रक्रिया अघि बढाएको छ । यो जानकारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका हुन् । शुत्रबार सिंहदरबारमा बसेको …

#पुनर्निर्माण
Compare →

Related Stories

Business & Economy
Build #2611