Trending
Prev Story
Next Story

सिंहदरबारलाई पुरानै स्वरूपमा फर्काउन १ अर्ब ११ करोड खर्च हुने

Bizshala •
November 06, 2026 • 08:04 AM
1
1 reads 0 reactions

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई पुरानै स्वरूपमा फर्काउन करिब १ अर्ब...

सिंहदरबारलाई पुरानै स्वरूपमा फर्काउन १ अर्ब ११ करोड खर्च हुने

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई पुरानै स्वरूपमा फर्काउन करिब १ अर्ब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार हालसम्म मूल भवनको दक्षिण, पूर्व र उत्तर खण्ड पुनर्निर्माण भइसकेको छ। यी तीन खण्डको पुनर्निर्माणमा करिब ११ करोड रुपैयाँ खर्च भइसकेको छ।

अब पश्चिमतर्फको अगाडिको मूल खण्ड मात्रै पुनर्निर्माण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ। उक्त खण्ड पुनर्निर्माण गर्न मात्रै करिब १ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

कार्यालयका सूचना अधिकारी अरुण भुजेलका अनुसार तिहारलगत्तै पश्चिम खण्ड पुनर्निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी छ। सम्पूर्ण पुनर्निर्माण कार्य दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।

आगोबाट भएको क्षतिको विस्तृत अध्ययन पुल्चोक इन्जिनियरिङ कलेजले गरेको थियो। अध्ययन प्रतिवेदन प्राप्त भएपछि पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो।

सरकारी अधिकारीहरूका अनुसार आगजनीबाट भवनभित्रका फर्निचर, उपकरण तथा अन्य सामग्रीसमेत जोड्दा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

सिंहदरबारको मूल भवन अंग्रेजी अक्षर ‘सी’ आकारमा निर्माण गरिएको छ। आगलागीबाट पूर्वी भागको तुलनामा पश्चिमी भागमा बढी क्षति पुगेको बताइएको छ।

आगलागीका कारण करिब १२० वर्ष पुरानो मूल भवनभित्र रहेको ऐतिहासिक ‘स्टेट हल’ पूर्ण रूपमा ध्वस्त भएको थियो। राणाकालमा निर्माण गरिएको उक्त हल विशिष्ट विदेशी पाहुनाको स्वागत तथा महत्वपूर्ण कार्यक्रमका लागि प्रयोग हुँदै आएको थियो।

स्टेट हलमा विदेशी पाहुनाबाट प्राप्त बहुमूल्य तथा ऐतिहासिक उपहारसमेत राखिएका थिए। आगलागीमा ती सामग्रीसमेत नष्ट भएको जनाइएको छ।

हाल सिंहदरबारको मूल भवनलाई हरियो पर्दाले छोपिएको छ भने इन्जिनियरहरूले भवनमा रातो स्टिकर टाँसेका छन्। रातो स्टिकरले भवन हालको अवस्थामा प्रयोग गर्न सुरक्षित नरहेको जनाउँछ।

यसअघि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारलाई प्रबलीकरण गरिएको थियो। त्यसबेला पनि एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएको थियो।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सबै सरकारी भवन तथा संरचना पुनर्निर्माण गर्न भने कम्तीमा ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6d ago
विपी राजमार्गमा जाइकाले सुरु गर्यो पुनर्निर्माण

विपी राजमार्गमा जाइकाले सुरु गर्यो पुनर्निर्माण

सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

#खण्ड #पुनर्निर्माण
Compare →
Hamro Patro News
5d ago
फूल बेचेरै तिहार खर्चको जोहो

फूल बेचेरै तिहार खर्चको जोहो

२२ कात्तिक, राँझा (बाँके)। बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगर...

#खर्च
Compare →
Ekantipur
5d ago
कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले सय दिनमा कानुन निर्माण, प्रशासनिक सुधार र पूर्वाधार विकासका काम अघि बढाएको विवरण सार्वजनिक गरेको छ । तर, चालु आर्थिक वर्षको असोज मसान्तसम्म पुँजीगत बजेट खर्च भने ३.९३ प्रतिशत मात्रै छ ।

#खर्च
Compare →
Onlinekhabar
4d ago
बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा

बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा

२३ कात्तिक, काठमाडौं । नेपालमा खर्च हुने कुल बजेटमध्ये आधाभन्दा धेरै सामान्य सार्वजनिक सेवा र सामाजिक सुरक्षाका काममा हुने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बजेटरी निकायको सेवा तथा …

#खर्च
Compare →

Related Stories

Politics & Governance
Build #2612