Trending
Prev Story
Next Story

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला)मा को-को निर्वाचित भए ?

Onlinekhabar •
October 13, 2026 • 06:19:12 PM
1
1 reads 0 reactions

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत संसदीय दलकी प्रमुख सचेतक वासना थापा सर्वाधिक मतसहित केन्द्रीय सदस्य (महिला खुला) निर्वाचित भएकी छन् । उनी पाँच हजार १९३ मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् …

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला)मा को-को निर्वाचित भए ?

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत संसदीय दलकी प्रमुख सचेतक वासना थापा सर्वाधिक मतसहित केन्द्रीय सदस्य (महिला खुला) निर्वाचित भएकी छन् । उनी पाँच हजार १९३ मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा केन्द्रीय सदस्य चयन भएकी थिइन् ।

कांग्रेस सांसद उर्मिला थपलिया र लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी पनि महिला खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएकी छन् । निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा सदस्य थपलियाले तीन हजार ९७० र प्रदेश सभा सदस्य गिरीले तीन हजार ९०६ मत प्राप्त गरेका छन् ।

पूर्वसांसद कुसुमदेवी थापा र पूर्व राष्ट्रियसभा सदस्य धनाकुमारी थापा पनि महिला खुलातर्फ नै केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनीहरूले क्रामशः तीन हजार २५० र तीन हजार २३१ मत ल्याएका छन् । यस्तै इजरायल ठगी प्रकरणमा मुछिएकी विनिता खड्कासँगै अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी र मुना भुसाल पनि केन्द्रीय सदस्य बनेका छन् ।

निर्वाचन समितिले खड्काको पक्षमा दुुुई हजार ८६६, देवकोटाको पक्षमा दुई हजार ८५३, पाण्डेका पक्षमा दुई हजार ७०० मत खसेको छ । नेतृ अधिकारी र भुसालले क्रमशः दुई हजार ६५८ र दुई हजार ५१४ मत पाएकी छन् ।

यसैगरी चिनी पोखरेल (चिनु) दुई हजार ४२०, कल्पना तिवारी दुई हजार ३६३, रिता थापामगर दुई हजार ३०८, गंगा दाहाल दुई हजार २९८ र उमा दाहाल दुई हजार २१५ मतले केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

केन्द्रीय सदस्य (महिला खुला)मा ३६ जना चुनावी प्रतिष्पर्धामा थिए । कांग्रेसको विधानअनुसार यो क्लस्टरअन्तर्गत १५ जना निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन समितिका अनुसार १६औं स्थानमा पूर्वसांसद कान्तिका सेजुवाल रहेकी छन् । उनले दुई हजार १५५ मत प्राप्त गरेकी छन् । नेतृ सेजुवाल २ असोजमा देउवा समूह छाडेर मूलधारमा फर्किएकी थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
12h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#कांग्रेस #केन्द्रीय
Compare →
Hamro Patro News
5d ago
‘बालेन सरकार फेसबुकमा छ, विकास निर्माणका काममा छैन’ : कांग्रेस नेता पोखरेल

‘बालेन सरकार फेसबुकमा छ, विकास निर्माणका काममा छैन’ : कांग्रेस नेता पोखरेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य लेखनाथ पोखरेलले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार सामाजिक सञ्जालमा मात्र सीमित रहेको तर काम र नीति निर्माणमा शून्य देखिएको आरोप लगाएका छन् । रिपो...

#कांग्रेस #केन्द्रीय
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस
Compare →

Related Stories

National (Nepal)
Build #2611