Trending
Prev Story
Next Story

नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू

Ekantipur •
November 06, 2026 • 03:31 PM
1
1 reads 0 reactions

आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको चेरी क्यूले नेपालको विद्युतीय सवारीसाधन बजारमा नयाँ विकल्प थप्ने कम्पनीको अपेक्षा छ।

नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू

आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको चेरी क्यूले नेपालको विद्युतीय सवारीसाधन बजारमा नयाँ विकल्प थप्ने कम्पनीको अपेक्षा छ।

काठमाडौँ — चिनियाँ सवारीसाधन ब्रान्ड चेरीको नयाँ विद्युतीय क्रसओभर गाडी ‘चेरी क्यू’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले बिहीबार उक्त गाडी औपचारिक रूपमा सार्वजनिक गरेको हो।

आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको चेरी क्यूले नेपालको विद्युतीय सवारीसाधन बजारमा नयाँ विकल्प थप्ने कम्पनीको अपेक्षा छ। चेरी क्यूको लम्बाइ ४ हजार १९५ मिलिमिटर, चौडाइ १ हजार ८११ मिलिमिटर र उचाइ १ हजार ५६८ मिलिमिटर छ। यसको ह्विलबेस २ हजार ७०० मिलिमिटर र ग्राउन्ड क्लियरेन्स १७५ मिलिमिटर रहेको  कम्पनीले जनाएको छ।अगाडि ७० लिटर क्षमताको स्टोरेज र पछाडि ३७५ लिटरको बुट स्पेस उपलब्ध छ। पछाडिका सिट फोल्ड गर्दा बुट स्पेस १ हजार ४५० लिटरसम्म विस्तार गर्न सकिने कम्पनीले बताएको छ। गाडीमा ४१.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक र रियर ह्विल ड्राइभ पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। उक्त मोटरले अधिकतम ९० किलोवाट पावर र ११५ एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले एनईडीसी परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्म रेन्ज दिन्छ। यसमा उपलब्ध फास्ट चार्जिङ प्रविधिबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीको दाबी छ।रक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, ५४० डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) र हिल असिस्टलगायत सुविधा छन्। त्यस्तै, एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) प्रविधि पनि उपलब्ध छन्। आरामदायी तथा स्थिर यात्राका लागि अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिंक सस्पेन्सन सिस्टम प्रयोग गरिएको छ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2611