काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भइरहेको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको छ ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेट गुमाएर १२१ रन मात्रै बनाउन सक्यो । पोखराका अर्जुन कुमालले ४३ बलमा १ छक्का र ३ चौकासहित ४५ रन र युवराज शर्माले १४ बलमा १९ रन बनाए । चितवनका रिजन ढकालले ४ विकेट लिए । यस्तै कमल ऐरीले ३, डन माउस्ली, मौसम ढकाल र कुशल मल्लले समान १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )