Trending
Prev Story
Next Story

भोलि पुज्ने जनावरलाई आज किन सास्ती ?

Nagarik News •
November 06, 2026 • 02:28 PM
1
1 reads 0 reactions

भोलि काग तिहार र पर्सि कुकुर तिहार मनाउँदै काग र कुकुरलाई पूजा गर्ने तयारी भइरहेका बेला आज भने पटका पड्काएर तिनै निरीह प्राणीलाई त्रसित बनाइँदैछ।

भोलि पुज्ने जनावरलाई आज किन सास्ती ?

भोलि काग तिहार र पर्सि कुकुर तिहार मनाउँदै काग र कुकुरलाई पूजा गर्ने तयारी भइरहेका बेला आज भने पटका पड्काएर तिनै निरीह प्राणीलाई त्रसित बनाइँदैछ।

चर्को आवाजको पटका र आतिसबाजीले मानिसलाई मात्र होइन, पशुपन्छीलाई समेत असह्य पीडा र त्रास दिइरहेको भन्दै यसको विरोध हुन थालेको छ।

एउटा पटका पड्काउँदा कसैलाई क्षणिक रमाइलो लाग्ला, तर त्यसको चर्को आवाजले निद्राको औषधि खाएर आराम गर्न खोजिरहेका बिरामी, बल्लतल्ल शिशुलाई सुताएकी सुत्केरी, दिनभरको श्रमपछि विश्राम गर्न खोजिरहेका मजदुर र अन्य धेरैलाई सास्ती पुग्ने गरेको छ।

त्यसभन्दा बढी पीडामा पर्छन्, कतै लुक्ने वा जाने ठाउँ नभएका निरीह पशुपन्छी। मानिसको तुलनामा निकै संवेदनशील श्रवणशक्ति भएका कुकुरका लागि पटका र आतिसबाजीको चर्को आवाज असह्य बन्ने गर्छ। आवाज सुन्नासाथ कुकुरहरू त्रसित भएर भाग्ने र लुक्ने प्रयास गर्छन्। कतिपय जंगलतिर पुग्छन् भने कतिपय घरको गेटबाट उम्किएर टाढासम्म भाग्ने गरेका छन्। यही कारण तिहारका बेला धेरै कुकुर हराउने गरेको जनाइएको छ। गुँडमा बसिसकेका काग, परेवा र अन्य चराचुरुङ्गीसमेत यस्तो आवाजबाट त्रसित हुन्छन्।

विडम्बना के छ भने, भोलि कागलाई पूजा गर्ने र पर्सि कुकुरलाई सम्मानपूर्वक पूजा गर्ने समाजले आज भने पटका पड्काएर तिनै प्राणीलाई आतंकित बनाइरहेको छ।

तिहार दसैँमा जस्तो पशुप्राणीलाई लखेट्ने, लुछाचुँडी गर्ने वा मार्ने चाड होइन। यो प्रकृति र पशुप्राणीसँग मानिसको सहअस्तित्व र सम्बन्धलाई सम्मान गर्ने पर्वका रूपमा स्थापित चाड हो। काग, कुकुर, गाई र अन्य प्राणीलाई विशेष सम्मान गर्ने परम्पराको मूल सन्देश पनि प्रकृति र जीवजन्तुको अस्तित्वप्रतिको सम्मानसँग जोडिएको छ।

तर चाडको यही अन्तर्निहित अर्थ बिर्सेर क्षणिक मनोरञ्जनका नाममा पटका पड्काउने प्रवृत्तिले भोलि पूजा गर्ने जनावरलाई आज किन सास्ती दिइँदैछ यो गम्भीर प्रश्न छ ।

चाडपर्वको नाममा हुने यस्ता गतिविधिप्रति बेवास्ता गर्ने र नियन्त्रणमा प्रभावकारी कदम नचाल्ने सरकारी निकायमाथि समेत प्रश्न उठेको छ। पशुप्राणी र प्रकृतिप्रति सम्मानको सन्देश दिने पर्वलाई केवल आडम्बरमा सीमित गर्ने कि यसको वास्तविक मर्मअनुसार सबै जीवप्रति संवेदनशील बन्ने यसतर्फ ध्यान केन्द्रित हुन जरुरी छ ।

प्रकाशित: २० कार्तिक २०८३ २०:१३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3d ago
पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

अनिकेत कपाली लेख्छन्, ‘पटकाको डरले होला, सधैँ खाना खान आउने आधाजति कुकुर आज देखिएनन् । खाना बोकेर गएँ, तर उनीहरू नभेटिएपछि आधा खाना त्यसै फाल्नुपर्‍यो ।’ आफ्नै घरखर्चबाट सडकका कुकुरलाई खाना खुवाउँदै आएका छन् अनिकेतले।  उनी …

#कुकुर #पटका
Compare →
Hamro Patro News
3d ago
तालिमप्राप्त कुकुर परिचालन

तालिमप्राप्त कुकुर परिचालन

चितवन । तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्वसाधारणको चाप हुने स्थानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले तिहारलाई लक्षित गर्दै विष्फोटक प...

#तिहार #कुकुर
Compare →

Related Stories

Technology
Build #2611