Trending
Prev Story
Next Story

सेकाहा सामुदायिक क्लबले जित्यो संखुवासभा गोल्डकपको उपाधि

Ekantipur •
November 06, 2026 • 02:02 PM
1
1 reads 0 reactions

खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा जित निकाल्दै सेकाहाले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार हात पारेको हो ।

सेकाहा सामुदायिक क्लबले जित्यो संखुवासभा गोल्डकपको उपाधि

खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा जित निकाल्दै सेकाहाले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार हात पारेको हो ।

संखुवासभा — सुनसरीको न्यू स्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै संखुवासभाको सेकाहा सामुदायिक क्लबले संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनलमा जित निकाल्दै सेकाहाले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार हात पारेको हो ।

खेलमा सेकाहाका मिलन लिम्बुले पहिलो हाफको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि आक्रामक खेल प्रदर्शन गरेको सेकाहाका लागि मिलनले नै ५०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए ।

२ गोलले पछि परेको न्यू स्टारले खेलमा फर्कने प्रयास गर्दै दबाब सिर्जना गरेको थियो । सोही क्रममा सेकाहाका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि न्यू स्टारले पेनाल्टी अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै सन्दीप श्रेष्ठले ६०औँ मिनेटमा गोल गरेपछि खेल २–१ को अवस्थामा पुगेको थियो ।

उपविजेता न्यू स्टार क्लबले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ । विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सेकाहाका दोर्जे तामाङ उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, सेकाहाकै गोलरक्षक विपुल मगर उत्कृष्ट गोलरक्षक तथा न्यू स्टारका सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए ।

अरुण उपत्यका सामुदायिक विकास क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

• सेकाहा सामुदायिक क्लबले संखुवासभा गोल्डकपको दोश्रो सेमिफाइनलमा लोहरुङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। • फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्न…

#सेकाहा #संखुवासभा #क्लब
Compare →
Nagarik News
1w ago
त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ।

#क्लब #गोल्डकप
Compare →
Onlinekhabar
7h ago
संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

२७ कात्तिक, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले …

#संखुवासभा
Compare →
Bizshala
6h ago
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

काठमाण्डौ । विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस...

#जित्यो #उपाधि
Compare →

Related Stories

Sports
Build #2611