Trending
Prev Story
Next Story

चितवनले पोखरालाई दियो १ सय ५२ रनको लक्ष्य

Ekantipur •
November 06, 2026 • 01:02 PM
1
1 reads 0 reactions

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन बनाएको हो ।

चितवनले पोखरालाई दियो १ सय ५२ रनको लक्ष्य

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन बनाएको हो ।

काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा शुक्रबार पोखरा एभेन्जर्ससामु १ सय ५२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन बनाएको हो ।

कप्तान सिकन्दर राजा र रवि बोपाराले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरे । राजाले १६ बलमा ३७ बनाए भने बोपाराले २८ बलमा ३५ रन जोडे । राजाले दुई चौका र चार छक्का प्रहार गरे । यस्तै बोपाराको ब्याटबाट तीन चौका र दुई छक्का निस्केको थियो ।

यसअघि अर्जुन साउदले डाविड मालनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे । तर उनीहरू लगातार आउट भए । अर्जुनले २७ बलमा ३१ रन र मालनले २८ बलमा २८ रन बनाए । डान मोस्ली पनि दुई रन मात्र बनाएर सस्तोमै आउट भए ।

कुशल मल्लको ब्याटबाट ११ रन मात्र सम्भव भयो । दुवै टिमका लागि यस खेलमा जित आवश्यक छ । चितवन तीन अंकमा रहेको छ भने पोखराले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन् । पोखरा लगातार तीन खेलमा पराजित रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
8h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको हो।

#चितवन #विकेट #रनको
Compare →
Hamro Patro News
8h ago
जनकपुरले चितवनलाई दियो ८९ रनको लक्ष्य

जनकपुरले चितवनलाई दियो ८९ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राईनोजलाई रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जि...

#चितवन #रनको #दियो
Compare →
Arthasansar
7h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#चितवन #रनको #लक्ष्य
Compare →
Onlinekhabar
12h ago
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको …

#दियो #रनको #लक्ष्य
Compare →

Related Stories

Sports
Build #2611