अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्। उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने सङ्केत गरेका छन्।
बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौतामा युक्रेनभन्दा बाहिरका पक्षसमेत संलग्न हुने बताएका हुन्। उनले भने, ‘यो एउटा ठूलो सम्झौता हुनेछ र यसमा युक्रेनभन्दा धेरै पक्ष सहभागी हुनेछन्। यसले सम्पूर्ण युरोपलाई समेत समेट्न सक्छ। यो ठूलो र सुन्दर सम्झौता हुनेछ तथा सबै पक्ष उत्साहित हुनेछन्।’
स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )