Trending
Prev Story
Next Story

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

Hamro Patro News •
November 06, 2026 • 11:21 AM
1
1 reads 0 reactions

काठमाडौँ, २० कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ६४ अङ्कले बढेर दुई हजार ६५५ दशमलव २२ मा पुगे...

1 / 2
Swipe Photos

काठमाडौँ, २० कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ६४ अङ्कले बढेर दुई हजार ६५५ दशमलव २२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १८ अङ्कले बढेर ४८० दशमलव १२ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५३ अङ्कले बढेर १८४ दशमलव ०४ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अङ्कले बढेर १६२ दशमलव ७४ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड सात लाख १३ हजार ८४२ कित्ता शेयर रु तीन अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र वटै उपसमूहमध्ये १२ उपसमूह बढेको छ भने एक उपसमूह घटेको छ । आज १५८ कम्पनीको शेयर बढ्यो भने १०७ कम्पनीको शेयर घट्यो । त्यसैगरी १४ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्स, बेनी हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी घोराही सिमेन्ट इन्डष्ट्रिज, नेपाल रिइन्सुरेन्स कम्पनी र कालिञ्चोक दर्शनलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
तिहार अघिको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, कारोबार ३ अर्बमा सिमित

तिहार अघिको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, कारोबार ३ अर्बमा सिमित

तिहार अघि र यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । शुक्रबार...

#शेयर-बजार #परिसूचक #नेप्से
Compare →
Bizshala
1w ago
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२...

#शेयर-बजार #नेप्से #झिनो
Compare →
Nagarik News
1w ago
नेप्से कारोबारमा झण्डै तीन अर्बको गिरावट, परिसूचक पनि घट्यो

नेप्से कारोबारमा झण्डै तीन अर्बको गिरावट, परिसूचक पनि घट्यो

नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि बुधबारको तुलनामा झण्डै ३ अर्बले घटेको छ।

#शेयर-बजार #नेप्से #परिसूचक
Compare →
Onlinekhabar
4d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #परिसूचक #नेप्से
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2612