Trending
Prev Story
Next Story

ट्राफिक प्रहरीको ‘नमस्ते’ अभियान

Nagarik News •
November 06, 2026 • 11:06 AM
1
1 reads 0 reactions

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि नवलपुरमा ट्राफिक प्रहरीले ‘नमस्ते’ अभियान सञ्चालन गरेको छ।

ट्राफिक प्रहरीको ‘नमस्ते’ अभियान

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि नवलपुरमा ट्राफिक प्रहरीले ‘नमस्ते’ अभियान सञ्चालन गरेको छ।

प्रहरीले सबै खालका सवारीसाधनलाई सडक किनारमा रोकेर नमस्ते गर्दै उनीहरुलाई लेन अनुशासन र सडक सुरक्षाबारे जानकारी गराउन सुरु गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाले सवारीसाधनको गति नियन्त्रण र लेन अनुशासन पालना गराउन अभियान चलाइएको बताए।

‘जिल्लाको राजमार्ग चार लेनमा विस्तार भएको छ, सडक फराकिलो भएपछि सवारीसाधनको गति बढ्ने र विपरीत लेनमा सवारीसाधन चलाउनेहरु बढ्छन्’, उनले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको सवारीसाधनको गति नियन्त्रण र लेन अनुशासन कायम गराउने हो।’

ट्राफिक प्रहरीले पूर्वपश्चिम राजमार्गको प्रवेश विन्दु गैँडाकोट र दाउन्नेमा सुरक्षा सचेतना सञ्चालन गरिरहेको बर्तौलाले बताए।

‘सवारीसाधनलाई रोकेर विनम्रतापूर्वक चालकलाई ट्राफिक नियम, लेन अनुशासन र तीव्र गतिबारे जानकारी गराउने गरेका छौँ’, बर्तौलाले भने, ‘सुरक्षित गन्तव्य हाम्रो चाहना हो, जसबाट यात्रु पनि सुरक्षित रहनसक्नुहुन्छ।’

सडक विस्तार भएसँगै जिल्लामा विभिन्न स्थानमा फरक फरक गति निर्धारण गरिएको भन्दै बर्तौलाले तोकिएको गतिभन्दा तीव्र सवारीसाधन सञ्चालन नगर्न आग्रह गरे।

सडकमा हुने सवारीसाधन दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने गरेको भन्दै उनले गति नियन्त्रण तथा लेन अनुशासन पालन गरेको अवस्थामा दुर्घटना न्यूनीकरण हुने बताए।

सडक प्रयोगसम्बन्धी सचेतनासँगै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँच, क्षमताभन्दा बढी यात्रु राख्ने सवारीसाधन र बढी भाडा लिने सवारीसाधनको अनुगमन तथा कारबाही गर्ने काम गरिरहेको बर्तौलाको भनाइ छ।

ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त पहलमा अनुगमन तथा सवारी जाँचको काम भइरहेको बर्तौलाले बताए।

प्रकाशित: २० कार्तिक २०८३ १६:५१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
ट्राफिक प्रहरीको ‘नमस्ते’ अभियान

ट्राफिक प्रहरीको ‘नमस्ते’ अभियान

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि नवलपुरमा ट्राफिक प्रहरीले ‘नमस्ते’ अभियान सञ्चालन गरेको छ। प्रहरीले सबै खालका सवारीसाधनलाई सडक किनारमा रोकेर नमस्ते गर्दै उनीहरुलाई लेन अनुशासन र सडक सुरक...

#ट्राफिक #नमस्ते #अभियान
Compare →
Onlinekhabar
1w ago
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

२० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा …

#सवारीसाधन #ट्राफिक
Compare →
Ekantipur
5d ago
गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

ओभरस्पिड नियन्त्रण, बढी भाडासम्बन्धी अनुगमन, नियमानुसार ओभरटेक, लेन अनुशासनको पालना र जेब्राक्रसको सही प्रयोग भए/नभएको निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख एकनारायण खनालले बताए ।

#ट्राफिक
Compare →
Arthasansar
5d ago
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको...

#अभियान
Compare →
Bizshala
1w ago
यामाहाको ‘चङ्गा चेट’ अभियानमा सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँ

यामाहाको ‘चङ्गा चेट’ अभियानमा सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँ

काठमाण्डौ ।  यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल...

#अभियान
Compare →

Related Stories

National (Nepal)
Build #2611