सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णाली याक्सलाई हराएपछि शुक्रबार आफ्नो टिमका लागि पूरा दिन राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णाली याक्सलाई हराएयता शुक्रबार आफ्नो टिमका लागि पूरा दिन राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाल प्रिमियर लिग तेस्रो सिजनमा आज प्राप्त ३९ रन जितले सुदूरपश्चिमको प्लेअफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।
उनले भने, ‘कर्णालीको इनिङ्समा हामीले पावर प्लेमा विकेट लिन सक्यौं, त्यसैले जित हाम्रो रह्यो । पिच गाह्रो थियो, किन यसमा बल टर्न भइरहरेको थियो । आजको जितमा खुसी छौं ।’
खेलको ‘प्लेयर अफ द म्याच’ कर्णाली याक्सका डेविड मिलर भए । आफ्नो टिमको हारका बावजुत उनी ९३ रन बनाएर नटआउट रहे । उनले भने, ‘मैले आज ब्याटिङमा रमेर खेल्ने अवसर पाएँ ।’ मिलरले आक्रामक ब्याटिङ गरे पनि उनलाई ठोस साझेदारी गर्ने कोही पनि भएनन् ।
कर्णाली याक्सका कप्तान सोमपालले कामी आफ्नो टिमले पावर प्लेको उपयोग गर्न नसकेको बताए । उनले भने, ‘अब हाम्रा तीन खेल बाँकी छ र त्यसमा राम्रो प्रदर्शन गर्नुपर्नेछ । अबका खेलमा हामीले बलियो मनस्थितिमा खेल्नुपर्नेछ ।’