नेपाल प्रिमियर लिग तेस्रो सिजनमा प्राप्त ३९ रनको जितले सुदूरपश्चिमको प्ले अफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णाली याक्सलाई हराएयता शुक्रबार आफ्नो टिमका लागि पूरा दिन राम्रो रहेको प्रतिक्रिया दिएका छन् । नेपाल प्रिमियर लिग तेस्रो सिजनमा प्राप्त ३९ रनको जितले सुदूरपश्चिमको प्ले अफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।
‘कर्णालीको इनिङ्समा हामीले पावर प्लेमा विकेट लिन सक्यौं, त्यसैले जित हाम्रो रह्यो । पिच गाह्रो थियो, किनभने यसमा बल टर्न भइरहरेको थियो । आजको जितमा खुसी छौं, ’ उनले भने ।
खेलको ‘प्लेयर अफ द म्याच’ डेविड मिलर भए । आफ्नो टिमको हारका बावजुत उनले ९३ रन बनाएर नटआउट रहे । उनले भने, ‘मैले आज ब्याटिङमा रमेर खेल्ने अवसर पाएँ ।’ मिलरले आक्रामक ब्याटिङ गरे पनि उनलाई ठोस साझेदारी गर्ने कोही पनि भएनन् ।
कर्णाली याक्सका कप्तान सोमपाल कामी आफ्नो टिमले पावर प्लेको उपयोग गर्न नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘अब हाम्रा तीन खेल बाँकी छन् र त्यसमा राम्रो प्रदर्शन गर्नु पर्नेछ । अबका खेलमा हामीले बलियो मनस्थितिमा खेल्नु पर्नेछ ।’