Trending
Prev Story
Next Story

प्रस्तावित न्यायाधीश बागचन्दलाई प्रश्न- कार्यकारीको हस्तक्षेप कति थेग्न सक्नुहुन्छ ?

Onlinekhabar •
November 06, 2026 • 09:30 AM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचन्दको संसदीय सुनुवाइका क्रममा न्यायिक स्वतन्त्रता र कार्यकारीको हस्तक्षेप प्रतिरोध गर्ने क्षमतामाथि प्रश्न उठेको छ । संसदीय सुनुवाइ समितिमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायपालिकामाथि …

प्रस्तावित न्यायाधीश बागचन्दलाई प्रश्न- कार्यकारीको हस्तक्षेप कति थेग्न सक्नुहुन्छ ?

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचन्दको संसदीय सुनुवाइका क्रममा न्यायिक स्वतन्त्रता र कार्यकारीको हस्तक्षेप प्रतिरोध गर्ने क्षमतामाथि प्रश्न उठेको छ ।

संसदीय सुनुवाइ समितिमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायपालिकामाथि कार्यकारीको दबाब र प्रभाव बढिरहेको भन्दै प्रस्तावित न्यायाधीश बागचनलाई यस्तो हस्तक्षेप कति सहन सक्नुहुन्छ ? भन्ने प्रश्न गरेका हुन् ।

न्यायपालिका लोकतन्त्र र आम नागरिकको अन्तिम भरोसाको केन्द्र भएको उल्लेख गर्दै न्यायाधीशले संविधान र न्यायको पक्षमा उभिनुपर्ने बताए । उनले भने, ‘अहिले हामीकहाँ एक्जुकेटिभ प्रेसर पनि त्यत्तिकै छ। तपाईं कति थेग्न सक्नुहुन्छ ?’

उनले न्यायाधीशको स्वतन्त्रता व्यवहारमै देखिनुपर्नेमा जोड दिए । सत्तामा बस्नेहरूको प्रभाव न्यायालयसम्म पुग्ने अवस्था रहेको उल्लेख गर्दै कसैले बोलाउँदैमा न्यायाधीश त्यहीँ जाने प्रवृत्तिले न्यायिक स्वतन्त्रतामाथि नै प्रश्न उठ्ने उनको भनाइ थियो ।

‘सर्वोच्च अदालतका न्यायाधीशको हैसियत नै जसले बोलायो, त्यहीँ जाने हो भने त्यो इन्डिपेन्डेन्ट मात्र होइन, ठूलो प्रश्न बन्ने भयो,’ उनले भने ।

सांसदहरूले न्यायाधीशले कुनै पनि पूर्वाग्रह वा कार्यकारीको दबाबमा नभई संविधानअनुसार न्याय सम्पादन गर्नुपर्ने धारणा राखेका छन् ।

उनले नेपालको न्यायपालिकाको छवि पछिल्लो समय खस्किएको र जनताको विश्वास कमजोर हुँदै गएको भन्दै त्यसलाई सुधार्ने चुनौती प्रस्तावित न्यायाधीशसामु रहेको भनेर अन्य सांसदहरूले पनि प्रश्न उठाएका हुन् ।

सर्वोच्च अदालतमा मुद्दाको चाप, फैसला कार्यान्वयनको कमजोर अवस्था र न्यायिक क्षेत्रमा भ्रष्टाचारको प्रश्न उठिरहेको उल्लेख गर्दै कार्ययोजनालाई व्यवहारमा उतार्न दृढता र आत्मविश्वास आवश्यक रहेको बताएका छन् ।

‘म मेरो विवेक हो, अरू मेरो केही पनि होइन । न्याय दिने काम एक्लो न्यायाधीशको काम हो,’ उनले प्रस्तावित न्यायाधीशलाई स्वतन्त्र निर्णय क्षमताको महत्त्व स्मरण गराउँदै सांसद आनन्दप्रसाद ढुंगानाले भने ।

न्यायिक स्वतन्त्रता केवल कार्ययोजनामा उल्लेख गरेर नपुग्ने भन्दै दबाबका बीच पनि सत्य र न्यायका पक्षमा अडिनसक्ने प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने सुझाएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली

नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनि...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Ekantipur
9h ago
सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Nagarik News
9h ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Arthasansar
11h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Bizshala
11h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →

Related Stories

National (Nepal)
Build #2611