Trending
Prev Story
Next Story

तिहार विशेष : घरमै बनाउन सकिन्छ, यस्ता मिष्ठान्न परिकार

Onlinekhabar •
November 06, 2026 • 09:00 AM
1
1 reads 0 reactions

नेपाली चाडपर्व र मिठाईको सम्बन्ध निकै पुरानो छ । कुनै चाडपर्व विशेषमा बनाइने परिकारले त्यसको सांस्कृतिक र पारिवारिक महत्त्व पनि बोकेको हुन्छ । तिहारमा सेलरोटी र अनरसा, विवाहमा लखमरी त परम्परागत रूपमा विभिन्न अवसरमा बनाइने फिनी, …

तिहार विशेष :  घरमै बनाउन सकिन्छ, यस्ता मिष्ठान्न परिकार

नेपाली चाडपर्व र मिठाईको सम्बन्ध निकै पुरानो छ । कुनै चाडपर्व विशेषमा बनाइने परिकारले त्यसको सांस्कृतिक र पारिवारिक महत्त्व पनि बोकेको हुन्छ ।

तिहारमा सेलरोटी र अनरसा, विवाहमा लखमरी त परम्परागत रूपमा विभिन्न अवसरमा बनाइने फिनी, खुर्मा र खजुरीजस्ता मिठाई नेपाली खानपानका अभिन्न हिस्सा हुन् ।

पछिल्लो समय बजारमा विभिन्न स्वाद र प्रकारका मिठाई उपलब्ध भए पनि परम्परागत मिठाईको आफ्नै स्वाद र विशेषता छ ।

यीमध्ये धेरै मिठाई घरमै पनि बनाउन सकिन्छन् । चामलको पिठो, घ्यू, चिनी, मैदा र विभिन्न मसलाको प्रयोगबाट तयार हुने यस्ता मिठाई बनाउन धेरै जटिल प्रक्रिया पनि अपनाउनुपर्दैन ।

सेलरोटी नेपालीको लोकप्रिय परिकार हो । विशेषगरी तिहारमा यसको महत्त्व अझ बढी हुन्छ । अरु बेलामा नपाके पनि अधिकांशको घरमा यो बेलामा सेलरोटी पकाउने र आफन्त तथा छिमेकीलाई बाँड्ने चलन छ ।

चामलको पिठोमा घ्यू, चिनी र आवश्यकताअनुसार पानी मिसाएर लेसिलो घोल तयार पारिन्छ । त्यसपछि तातो तेल वा घ्यूमा गोलाकार आकारमा घोल खन्याएर पकाइन्छ । बाहिरबाट हल्का खैरो र भित्रबाट नरम हुने सेलरोटी घरमै सजिलै बनाउन सकिन्छ ।

अनरसा पनि तिहारमा बनाइने परम्परागत मिठाईमध्ये एक हो । सेलरोटीसँगै बनाइने यो परिकार चामलको पिठो र चिनीको प्रयोगबाट तयार गरिन्छ । तिहारमा मात्र नभई अन्य समयमा पनि अनरसा बनाएर खान सकिन्छ ।

यसका लागि चामलको पिठोमा चिनी मिसाएर नरम हुने गरी मुछिन्छ । त्यसपछि साना गोला बनाई हातले रोटीको आकार दिइन्छ । माथिबाट तिल लगाएर तातो घ्यू वा तेलमा खैरो रङ नआउन्जेल पकाइन्छ ।।

फिनी मैदाको पिठो र घ्यूको प्रयोगबाट बनाइने परम्परागत रोटी हो । यसको पत्रैपत्र परेको बनावट र घ्यूको स्वाद विशेष हुन्छ । तिहार तथा अन्य चाडपर्वमा फिनी बनाएर खाने चलन छ ।

मैदाको पिठो मुछेर त्यसमा घ्यूको मिश्रण प्रयोग गरी विभिन्न तह बनाइन्छ । त्यसपछि आवश्यक आकारमा तयार पारेर पकाइन्छ । घ्यूको स्वाद मन पराउनेहरूका लागि फिनी मिठाई र रोटी दुवैको स्वाद दिने परिकार हो ।

खुर्मा रोटी पनि तिहारमा बनाइने परम्परागत परिकार हो । चामलको पिठो, मैदा र घ्यूको प्रयोगबाट तयार पारिने यो मिठाई स्वादमा कुरकुरे हुन्छ ।

चामललाई मसिनो पिठो बनाएर त्यसमा मैदाको पिठो र आवश्यक सामग्री मिसाई मुछिन्छ । त्यसपछि सानो आकारमा काटेर वा विभिन्न बुट्टा दिएर तेलमा पकाइन्छ । चोखो परिकारका रूपमा पनि प्रयोग गरिने खुर्मा चाडपर्वमा विशेष रूपमा बनाइन्छ ।

खजुरी, जसलाई ठेकुवा पनि भनिन्छ, घ्यू, चिनी र पिठो मुछेर बनाइने परम्परागत मिठाई हो । विशेषगरी तिहार र छठ पर्वमा यो मिठाई बनाउने चलन छ ।

यसका लागि पिठोमा घ्यू र चिनी मिसाएर मुछिन्छ । त्यसपछि सानो आकारमा बनाई हातले वा विशेष साँचोको सहायताले बुट्टा भरिन्छ । तातो तेलमा पकाएपछि खजुरी तयार हुन्छ । बजारमा यसको बुट्टा बनाउन प्रयोग हुने साँचो पनि सजिलै पाइन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
गुणस्तरहीन मिठाईको मिठासभित्र लुकेको विष ! नक्कली दूध, सडेको खुवा र अखाद्य रङले क्यान्सरसम्मको जोखिम

गुणस्तरहीन मिठाईको मिठासभित्र लुकेको विष ! नक्कली दूध, सडेको खुवा र अखाद्य रङले क्यान्सरसम्मको जोखिम

काठमाडौं । तिहार भन्नेबित्तिकै फूलमाला, बत्ती र मिठाईको सम्झना आउँछ । दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता साटासाट गर्ने पर्वमा मिठाईको विशेष महत्व हुन्छ । घरदेखि बजारसम्म मिठाईको किनबेच बढ्ने यही सम...

#मिठाई #तिहार
Compare →
Arthasansar
13h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#बनाउन
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार
Compare →

Related Stories

Business & Economy
Build #2611