राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको घटना र त्यसक्रममा कर्मचारीमाथि भएको भनिएको नियन्त्रण तथा वित्तीय अनियमितताबारे छानबिन गर्न नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेको छ।
कांग्रेस सांसदहरू जनकराज गिरी र योगेश गौचन थकालीले सार्वजनिक लेखा समितिका सभापतिसमक्ष निवेदन दिँदै आयोजनाको ठेक्का रद्द गर्ने निर्णयबारे आवश्यक छलफल, अनुसन्धान र निर्देशनका लागि तत्काल बैठक बोलाउन माग गरेका हुन्।
Read full story at source ( setopati.com )