Trending
Prev Story
Next Story

पिज्जामा भुइँकटहर राख्न नमानेका सेफको जागिर चट्

Nagarik News •
November 06, 2026 • 07:42 AM
1
1 reads 0 reactions

उनले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको र कार्यस्थलमा लागेको चोटसँग पनि बर्खास्ती जोडिएको भन्दै फेयर वर्क कमिसनमा उजुरी दिएका थिए।

पिज्जामा भुइँकटहर राख्न नमानेका सेफको जागिर चट्

पिज्जामा भुइँकटहर राख्ने कि नराख्ने भन्ने विषयमा विश्वभर बहस हुने गर्छ।

तर, अस्ट्रेलियामा एक इटालियन सेफले पिज्जामा भुइँकटहर राख्न नमान्दा जागिर नै गुमाउनु परेको छ। उनले आफ्नो संस्कृतिको अपमान हुने भन्दै भुइँकटहर राख्न मानेका थिएनन्।

इटालियन सेफ डेभिड ताम्बुरेलालाई अस्ट्रेलियाको ब्रिस्बेनस्थित ला कोस्टा रेस्टुरेन्ट एन्ड बारले मे २० मा बर्खास्त गरेको थियो। रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा सहभागी पाहुनाका लागि ह्याम र भुइँकटहर राखिएको पिज्जा बनाउन व्यवस्थापनले निर्देशन दिएको थियो। तर, उनले उक्त निर्देशन मानेनन्। उक्त कार्यक्रममा ग्राहकले १५ हजार अस्ट्रेलियन डलरभन्दा बढी खर्च गरेका थिए।

अस्ट्रेलियाको फेयर वर्क कमिसनका अनुसार ताम्बुरेलाले चार वर्षको अवधिमा तीन पटकसम्म पिज्जामा भुइँकटहर राख्न अस्वीकार गरेका थिए। उनले इटालियनका रूपमा पिज्जामा भुइँकटहर राख्नु ‘आफ्नो संस्कृतिको अपमान’ भएको तर्क गरेका थिए। तर, व्यवस्थापनले उनको भुइँकटहर राख्न नमानेको विषयबाहेक सहकर्मीसँगको कुराकानी, भाषा र काम गर्ने व्यवहारबारे पनि गुनासो गरेको थियो।

बर्खास्त भएपछि ताम्बुरेलाले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको र कार्यस्थलमा लागेको चोटसँग पनि बर्खास्ती जोडिएको भन्दै फेयर वर्क कमिसनमा उजुरी दिएका थिए। काम गर्ने क्रममा धातुको रेलिङमा ठोक्किँदा उनको दाहिने हात दुई ठाउँमा भाँचिएको थियो।

तर, कमिसनले उनको उजुरी खारेज गर्‍यो। कमिसनर जेनिफर हन्टका अनुसार उनले कानुनले तोकेको २१ दिनको समयसीमा कटेपछि उजुरी दिएका थिए। समयसीमा थप्नुपर्ने असाधारण कारणसमेत देखाउन नसकेपछि उनको आवेदन खारेज भएको हो। यद्यपि, कमिसनले उनलाई बर्खास्त गर्नु कानुनसम्मत थियो वा थिएन भन्ने विषयमा निर्णय गरेन।

बर्खास्तीले ताम्बुरेलाको अस्ट्रेलियाको स्थायी बसोबास प्रक्रियामा समेत असर पारेको छ। उनी तीन वर्षभन्दा बढी समयदेखि रोजगारदाताको प्रायोजनमा स्थायी बसोबास पाउने प्रक्रियामा थिए। जागिर गुमेपछि उक्त प्रक्रिया प्रभावित भएको छ। अब उनले फेरि सुरुदेखि नै प्रक्रिया अघि बढाउनुपर्नेछ।

यसबिच, ताम्बुरेलाले ब्रिस्बेनकै अर्को इटालियन रेस्टुरेन्ट डोन गिनोमा मुख्य सेफको काम पाएका छन्। उनको नयाँ कार्यस्थलको पिज्जा मेनुमा भने भुइँकटहर छैन। यसअघि उनी कार्यरत ला कोस्टा रेस्टुरेन्ट पनि भाडा सम्झौता सकिएपछि जुलाईमा बन्द भइसकेको छ।

प्रकाशित: २० कार्तिक २०८३ १३:२७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

काठमाडौं । पिज्जामा भुइँकटहर राख्दा आफ्नो संस्कृतिको अपमान हुने भन्दै ग्राहकको अर्डर अस्वीकार गर्ने एक इटालियन सेफ जागिरबाट बर्खास्त भएका छन् । अस्ट्रेलियाको ब्रिसबेनस्थित ला कोस्टा रेस्टुरेन्टमा कार्यरत डाभिडे ताम्बुरेलालाई गत मे महिनामा व्यवस्थापन पक्षले बर्खास्त …

#भुइँकटहर #पिज्जा #जागिर
Compare →
Bizshala
5d ago
अमेरिकामा जागिर फेर्नेहरूको तलब वृद्धि, तीन वर्षयताकै उच्च कम तलबका कामदारलाई कसरी मिल्यो लाभ ?

अमेरिकामा जागिर फेर्नेहरूको तलब वृद्धि, तीन वर्षयताकै उच्च कम तलबका कामदारलाई कसरी मिल्यो लाभ ?

काठमाण्डौ । अमेरिकामा नयाँ रोजगारी थपिने गति सुस्त भइरहेका बेला कम तलबमा काम गर्ने कतिपय श्रमिकले रोजगारदाता फेरेर...

#जागिर
Compare →
Hamro Patro News
3d ago
जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासमा स्वास्थ्यलाई केन्द्रमा राख्न स्वास्थ्यमन्त्री मेहताको आग्रह

जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासमा स्वास्थ्यलाई केन्द्रमा राख्न स्वास्थ्यमन्त्री मेहताको आग्रह

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छन्। टर्कीको अन...

#राख्न
Compare →
Ekantipur
1w ago
गुण सिनेमा कम्प्लेक्समा पिज्जा हटको नयाँ आउटलेट

गुण सिनेमा कम्प्लेक्समा पिज्जा हटको नयाँ आउटलेट

पिज्जा हटले ललितपुरमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

#पिज्जा
Compare →

Related Stories

World News
Build #2611