Trending
Prev Story
Next Story

जागिर छाडेर व्यवसाय, व्यवसाय छाडेर राजनीति

Nagarik News •
November 06, 2026 • 01:41 AM
1
1 reads 0 reactions

राजनीतिमा आउने बाटो सबैका लागि एउटै हुँदैन। कोही विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुग्छन्। कोही सामाजिक अभियान हुँदै राजनीतिक यात्रामा प्रवेश गर्छन्।

जागिर छाडेर व्यवसाय, व्यवसाय छाडेर राजनीति

राजनीतिमा आउने बाटो सबैका लागि एउटै हुँदैन। कोही विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुग्छन्। कोही सामाजिक अभियान हुँदै राजनीतिक यात्रामा प्रवेश गर्छन्।

तर व्यवसाय र व्यावसायिक क्षेत्रबाट आफ्नो पहिचान बनाउने कमै हुन्छन्। तिनै मध्ये एक विन्दुकुमार थापा हुन्। उनी केन्द्रदेखि प्रदेश राजनीतिमा स्थापित भए।

नेपाल राष्ट्र बैंकको कर्मचारीका रूपमा व्यावसायिक जीवन सुरु गरेका थापा अहिले गण्डकी प्रदेशको राजनीतिमा परिचित छन्। राष्ट्र बैंकको जागिर सानो व्यापार। अटोमोबाइल व्यवसाय, घरजग्गा कारोबार र उद्योग वाणिज्य क्षेत्रको नेतृत्व। उनको राजनीतिक यात्रा लोभलाग्दो छ।

दुई पटक प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभा सदस्य बनेका उनी दुई फरक कार्यकालमा प्रदेश सरकारको मन्त्रीसमेत बने।

पोखरामा जन्मिएका थापाको बाल्यकाल नयाँबजार क्षेत्रमा बितेको थियो। उनी चन्द्रबहादुर थापा र चन्द्रकला थापाका जेठा छोरा हुन्। उनका बुबा चन्द्रबहादुर नेपाली सेनामा कार्यरत थिए। थापाले प्रारम्भिक शिक्षा महेन्द्र माध्यमिक विद्यालयबाट प्राप्त गरे। माध्यमिक तहको अध्ययन बाराही माध्यमिक विद्यालयमा पूरा गरेका थिए।

उनले पृथ्वीनारायण क्याम्पसमा अध्ययन गरे। उनले कानुन विषयमा स्नातक तह पूरा गरेको सार्वजनिक जीवनीमा उल्लेख छ। थापा अधिवक्ता समेत हुन्।

सैनिक परिवारमा हुर्किएका थापाको प्रारम्भिक जीवन पोखराकै सामाजिक तथा व्यावसायिक वातावरणमा बित्यो।  अध्ययन पूरा गरेपछि उनले रोजगारीको खोजी गर्दै बैंकिङ क्षेत्रमा प्रवेश गरे।

राष्ट्र बैंकको जागिर र जीवनको पहिलो मोड

२०५३ सालदेखि व्यवसायिक यात्रा सुरु गरेका थापा अंशुवरा ग्रुपका अध्यक्ष हुन्। थापाको व्यावसायिक यात्राको सुरुवात नेपाल राष्ट्र बैंकको पोखरा शाखाबाट भयो। उनले करिब १८ वर्ष राष्ट्र बैंकमा कर्मचारीका रूपमा काम गरे।

बैंकमा काम गर्दा आर्थिक गतिविधि, वित्तीय कारोबार र व्यावसायिक क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर उनले पाएका थिए। जागिरबाट प्राप्त हुने आम्दानीले परिवारका आवश्यकता र भविष्यका योजनालाई सहज रूपमा पूरा गर्न नसकेको उनको अनुभव थियो।

छोराछोरीलाई राम्रो शिक्षा दिने र परिवारको आर्थिक अवस्था सुधार गर्ने चाहनाले उनलाई जागिरभन्दा बाहिरको बाटो रोज्न प्रेरित गर्‍यो। २०६० सालमा राष्ट्र बैंकको जागिरबाट अवकाश लिएपछि उनले व्यवसाय सुरु गरे। नियमित जागिर छाडेर अनिश्चित व्यावसायिक क्षेत्रमा प्रवेश गर्नु उनका लागि जीवनको महत्त्वपूर्ण निर्णय थियो।

राष्ट्र बैंकको जागिर छाडेपछि थापाले किराना पसल थाले। तर व्यापारमा उधारो कारोबार बढ्दा अपेक्षाअनुसार आम्दानी गर्न सकेनन्। लगानी गरेको रकमसमेत डुब्यो। त्यसपछि उनी मोटरसाइकल तथा अटोमोबाइलको कारोबारमा प्रवेश गरे। मोटरसाइकल र गाडीको किनबेचसँगै उनले अटोमोबाइल व्यवसायलाई अघि बढाए।

पोखरामा पहिलो पटक अटोमोबाइल व्यवसायलाई भित्र्याउन उनको महत्वपूर्ण योगदान छ। सो क्षेत्रको नेतृत्वदायी भूमिकामा पुगि पोखराको अटोमोबाइल व्यवसायिक क्षेत्रलाई विस्तार गर्न उनी अहोरात्र खटिएका छन्।

व्यवसाय विस्तारसँगै उनले रोजगारी सिर्जना र सामाजिक क्षेत्रमा पनि आफ्नो संलग्नता बढाए। उनका अनुसार व्यवसायबाट आर्जित आम्दानीको केही हिस्सा सामाजिक काममा खर्च गरे।

थापा पोखराको उद्योग वाणिज्य क्षेत्रको नेतृत्वमा पनि पुगे। पोखरा उद्योग वाणिज्य संघमा उनले लामो समय विभिन्न जिम्मेवारीमा रहेर काम गरे। थापाले सदस्य हुँदै सचिव, उपाध्यक्ष र अन्ततः अध्यक्षसम्मको जिम्मेवारी सम्हाले।

२०७१ सालदेखि २०७३ सालसम्म उनले पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा सम्हालेको सम्झन्छन्। उद्योगी तथा व्यवसायीका समस्या, व्यापारिक वातावरण, निजी क्षेत्रको विकास र व्यवसायमैत्री नीतिका विषयमा उनले संस्थागत रूपमा काम गर्ने अवसर पाए।

त्यसैगरी नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को उपाध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको सल्लाहकार तथा नेपाल–रसिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको गण्डकी च्याप्टर, विक्तिय संस्था अन्तर्गत २०७३ सालमा फेवा विकास बैंकको अध्यक्ष हुँदै उनले गण्डकी विकास बैंकको अध्यक्षसमेत भए।

व्यावसायिक संघसंस्थामा काम गर्दा प्राप्त गरेको संगठनात्मक अनुभव नै उनको राजनीतिक प्रवेशको एउटा खुडकिलो बन्यो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयस्तरको समन्वय, निजी क्षेत्रको प्रतिनिधित्व, जग्गा अधिग्रहणमा सहजीकरण र विमानस्थल निर्माणका पक्षमा तत्कालीन समयमा पैरवी गरि काम गरेको अनुभव उनीसँग छ।

व्यवसायबाट राजनीतिमा प्रवेश गरे, राजनीति गरेर थापा व्यवसायमा प्रवेश गरेनन्। थापाको पारिवारिक पृष्ठभूमि नेपाली कांग्रेससँग जोडिएको थियो। बुबा तथा अग्रजहरू कांग्रेसप्रति निकट रहेको र आफू पनि पार्टीसँग सम्बन्धित कर्मचारी संगठनमार्फत राजनीतिक गतिविधिमा जोडिएको उनी सम्झन्छन्।

व्यावसायिक क्षेत्रमा स्थापित भएपछि उनी सक्रिय राजनीतिमा प्रवेश गरे। उनको राजनीतिक यात्राको महत्त्वपूर्ण मोड २०७४ सालको प्रदेशसभा निर्वाचन बन्यो।

नेपाली कांग्रेसले उनलाई कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट उम्मेदवार बनायो। त्यतिबेला वाम गठबन्धनको बलियो प्रतिस्पर्धाका बीच उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकाजी गुरुङ ’करण’लाई पराजित गरे।

यसरी उनी पहिलो पटक गण्डकी प्रदेशसभामा निर्वाचित भए। कास्कीमा नेपाली कांग्रेसबाट विजयी हुने उनी एक्ला प्रदेश सभा सदस्य  थिए।

कानुन निर्माण र मन्त्रीको जिम्मेवारी

प्रदेशसभा सदस्य भएपछि थापा प्रदेशको कानुन निर्माण तथा संसदीय काममा सक्रिय भए। गण्डकी प्रदेशमा नयाँ प्रदेश संरचनालाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गर्नु पहिलो कार्यकालको महत्त्वपूर्ण जिम्मेवारी थियो।

२०७८ सालमा उनी गण्डकी प्रदेश सरकारको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बने। उनको कार्यकालमा प्रदेशका लागि आवश्यक कानुन निर्माण, सञ्चार क्षेत्रको व्यवस्थापन र प्रदेशसभा सञ्चालनसँग सम्बन्धित विषयमा काम गर्ने जिम्मेवारी थियो।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले थापालाई पुनः कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट उम्मेदवार बनायो। यसपटक उनले नेकपा एमालेकी उम्मेदवार मीना गुरुङलाई पराजित गर्दै दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भए।

दोस्रो कार्यकालमा उनी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुगे।

मन्त्रालयको संरचना र जिम्मेवारी परिवर्तनसँगै उनले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गरे। थापाले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, युवा तथा खेलकुदसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी थियो।

खेलकुद पूर्वाधारको विकास, खेलाडीको क्षमता अभिवृद्धि, युवा लक्षित कार्यक्रम, स्वास्थ्य सेवा र सामाजिक सुरक्षासँग सम्बन्धित विषय उनको मन्त्रालयको कार्यक्षेत्रमा पर्दथे।

उनको समयमा नै गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्र संचालनमा आयो। पोखरा–८ सिमलचौर कास्कीको श्री राम आधारभुत विद्यालयमा स्थापना भएको गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्रमा कर्मचारीका शिशुहरूलाई सुरक्षित, स्नेहपूर्ण तथा सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यसहित केन्द्र स्थापना गरिएको छ।

उनले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक, अपाङगता सम्बन्धि विधेयक र दलित अधिकार सम्बन्धि विधेयक पारित लगायत अन्य थुप्रै जनताले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने कामहरु थापा गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री हुँदा गरेका महत्वपूर्ण काम हुन्।

मन्त्री तथा सांसदको सेवा सुविधा सामाजिक काममा खर्च

थापाको राजनीतिक जीवनमा चर्चामा आउने विषयमध्ये एक हो सांसद तथा मन्त्रीका रूपमा प्राप्त सेवा सुविधा सामाजिक काममा खर्च गर्ने अभ्यास। २०७८ सालदेखि नै आफूले राज्यबाट प्राप्त गर्ने तलब, भत्ता र अन्य सेवा सुविधा व्यक्तिगत प्रयोजनमा नभई सामाजिक काममा खर्च गर्ने घोषणा गरे।

हालसम्म उनले ९० लाख भन्दा बढी रुपैयाँ सामाजिक काममा खर्च गरेका छन्। थापाले यसरी सहयोग गरेको रकम मार्फत क्यान्सर तथा मुटुरोगीको उपचार, विपन्न परिवारलाई सहयोग, खानेपानी आयोजना, सडक निर्माण तथा मर्मत, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, खेलकुद प्रतियोगिता, महिला समूह, युवा क्लब, सामाजिक भवन निर्माण र विपद्मा परेका परिवारलाई राहत मिलेको छ।

राजनीतिक पदबाट प्राप्त हुने पारिश्रमिक र सुविधा व्यक्तिगत आवश्यकताका लागि खर्च गर्नुपर्ने बाध्यता आफूलाई छैन,' उनले भने, 'सामाजिक क्षेत्रमा लगाउने गरे। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकुद र विपन्न नागरिकलाई सहयोग गरे।

प्रकाशित: २० कार्तिक २०८३ ०७:२६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
व्यवसायबाट राजनीतिमा स्थापित बनेका गण्डकीका पूर्वमन्त्री थापा

व्यवसायबाट राजनीतिमा स्थापित बनेका गण्डकीका पूर्वमन्त्री थापा

पोखरा । व्यावसायिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका विन्दुकुमार थापा गण्डकी प्रदेशका परिचित राजनीतिक व्यक्तित्व हुन्। नेपाल राष्ट्र बैंकको पोखरा शाखामा करिब १८ वर्ष काम गरेका थापा जागिर छाडेर व्यव...

#व्यवसाय #राजनीतिमा
Compare →
Bizshala
5d ago
अमेरिकामा जागिर फेर्नेहरूको तलब वृद्धि, तीन वर्षयताकै उच्च कम तलबका कामदारलाई कसरी मिल्यो लाभ ?

अमेरिकामा जागिर फेर्नेहरूको तलब वृद्धि, तीन वर्षयताकै उच्च कम तलबका कामदारलाई कसरी मिल्यो लाभ ?

काठमाण्डौ । अमेरिकामा नयाँ रोजगारी थपिने गति सुस्त भइरहेका बेला कम तलबमा काम गर्ने कतिपय श्रमिकले रोजगारदाता फेरेर...

#जागिर
Compare →
Arthasansar
1w ago
निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?

निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १५ अर्ब माथि पुगेको छ । नेपाल बीमा...

#व्यवसाय
Compare →
Onlinekhabar
1w ago
पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

काठमाडौं । पिज्जामा भुइँकटहर राख्दा आफ्नो संस्कृतिको अपमान हुने भन्दै ग्राहकको अर्डर अस्वीकार गर्ने एक इटालियन सेफ जागिरबाट बर्खास्त भएका छन् । अस्ट्रेलियाको ब्रिसबेनस्थित ला कोस्टा रेस्टुरेन्टमा कार्यरत डाभिडे ताम्बुरेलालाई गत मे महिनामा व्यवस्थापन पक्षले बर्खास्त …

#जागिर
Compare →
Ekantipur
2d ago
घरायसी परिकारबाट करोडाैंको व्यवसाय बन्यो झिनियाँ रोटी

घरायसी परिकारबाट करोडाैंको व्यवसाय बन्यो झिनियाँ रोटी

२० वर्षअघिसम्म घरायसी परिकार रहेको झिनियाँ रोटी अहिले पाल्पाका महिलाको नियमित आम्दानी हुने व्यवसाय बनेको छ, जसबाट वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान छ।

#व्यवसाय
Compare →

Related Stories

Politics & Governance
Build #2611