Trending
Prev Story
Next Story

सेयर बजारमा भारी गिरावट आएपछि ट्रम्पले डेमोक्र्याटलाई दिए दोष

Bizshala •
November 06, 2026 • 04:34 AM
1
1 reads 0 reactions

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र एसियाका सेयर बजारमा आएको भारी गिरावटका लागि डेमोक्र्याटिक...

सेयर बजारमा भारी गिरावट आएपछि ट्रम्पले डेमोक्र्याटलाई दिए दोष

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र एसियाका सेयर बजारमा आएको भारी गिरावटका लागि डेमोक्र्याटिक पार्टीलाई जिम्मेवार ठहराएका छन् ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै मंगलबारको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले हासिल गरेको जितका कारण सेयर बजारमा गिरावट आएको दाबी गरेका हुन् ।

ट्रम्पले निर्वाचनको नतिजाका कारण सेयर बजारको इतिहासमै खराब दिनमध्ये एक देख्नुपरेको उल्लेख गर्दै यसबाट सर्वसाधारणको अवकाश बचतसमेत घटेको बताएका छन् । उनले बजारको गिरावटका लागि रिपब्लिकन नभई डेमोक्र्याट जिम्मेवार रहेको आरोप लगाएका छन् ।

यद्यपि, बजार चाँडै पहिलेभन्दा ठूलो र बलियो भएर फर्किने उनको दाबी छ ।

यसअघि अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले व्यापक जित हासिल गरेपछि अमेरिका र एसियाका प्रमुख प्रविधि कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको थियो । यसक्रममा ती कम्पनीहरूको बजार पुँजीकरणबाट खर्बौँ अमेरिकी डलर गुमेको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) विकासको गति सुस्त हुन सक्ने आशङ्काले प्रविधि तथा एआई क्षेत्रमा लगानीकर्ताको चिन्ता बढाएको छ । एआई पूर्वाधार विस्तारलाई सुस्त बनाउने पक्षमा चुनावी अभियान चलाएका डेमोक्र्याटिक उम्मेदवारहरूको जितपछि प्रविधि क्षेत्रका कम्पनीहरूको सेयरमा व्यापक बिक्री चाप देखिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
12h ago
सुनको मूल्यमा भारी गिरावट: कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट: कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको अन्त्यमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावस्वरूप शुक्रबार एकैदिन सुनको मूल्यमा ठूलो गि...

#गिरावट #भारी
Compare →
Onlinekhabar
3d ago
एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

२४ कात्तिक, काठमाडौं । अमेरिकी प्रविधि (चिप निर्माता) कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको गतिविधिलाई लिएर कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । एक चिनियाँ महिलासँग ह्वाङले व्यक्तिगत निकटता बढाइरहेको तर ती महिला …

#गिरावट #भारी
Compare →
Ekantipur
8h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #बजारमा #गिरावट
Compare →
Arthasansar
8h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #गिरावट
Compare →
Nagarik News
14h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#ट्रम्प
Compare →

Related Stories

Business & Economy
Build #2611