Trending
Prev Story
Next Story

रात्रि बसमा महिला यात्रुमाथि अभद्र व्यवहार, तीन जना पक्राउ

Nagarik News •
November 06, 2026 • 04:17 AM
1
1 reads 0 reactions

काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको रात्रि बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

1 / 2
Swipe Photos

काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको रात्रि बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १५६३ नम्बरको रात्रि बसमा सवार तीन जनाले सोही बसमा यात्रा गरिरहेकी महिलामाथि हातपात तथा अभद्र व्यवहार गरेका थिए।

प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार तीनै जनालाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटैनाका २१ वर्षीय शमिर विष्ट र २४ वर्षीय अनिल नाथ तथा भीमदत्त नगरपालिका-३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ परेका तीनै जनालाई प्रहरी कार्यालयमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २० कार्तिक २०८३ १०:०२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
सार्वजनिक बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

सार्वजनिक बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

कञ्चनपुर । सार्वजनिक रात्रिबसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

#अभद्र #व्यवहार #यात्रुमाथि
Compare →
Ekantipur
1w ago
पूर्वपति र परिवारप्रति ब्रिट्नीको आक्रोश– ‘मलाई दास जस्तै व्यवहार गरे’

पूर्वपति र परिवारप्रति ब्रिट्नीको आक्रोश– ‘मलाई दास जस्तै व्यवहार गरे’

ब्रिट्नीले इन्स्टा पोष्टमा आफुविरूद्ध परिवारकै मान्छेहरूले पर्दा पछाडी अनेकौं षड्यन्त्र बुनेको दाबी गरेकी छन् ।

#व्यवहार
Compare →
Onlinekhabar
4d ago
भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक व्यक्तिबाट लागुऔषध बरामद

भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक व्यक्तिबाट लागुऔषध बरामद

२३ कात्तिक, स्याङ्जा । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको लुभु स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय …

#बसमा
Compare →

Related Stories

Technology
Build #2612