धनगढी, कात्तिक २० गते । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने तथा नीति निर्धारण र कानुन निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सभा अनिर्णयको बन्दी जस्तै बनेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेट विवादका साथै सरकारले चलायमान बनाउन नसकेका कारण पछिल्लो समय प्रदेश सभाको बैठक नियमित हुन सकेको छैन । एक महिनाको अन्तरालमा बसिरहेको प्रदेश सभा बैठक ऐन, कानुन निर्माणभन्दा पनि सत्ता गिराउने र टिकाउनेमै केन्द्रित देखिएको छ । सरकारले नयाँ ऐन, कानुन बनाउन सकेको छैन भने एक, डेढ वर्षपहिले प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयक पनि लामो समयदेखि विचाराधीन अवस्थामा संसदीय समितिमै थन्किएका छन् ।
Read full story at source ( gorkhapatraonline.com )