काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन दर्ताको टुङ्गो आज शुक्रबार लाग्ने भएको छ। सर्वोच्च अदालत प्रशासनले निवेदन दर्तापूर्व अध्ययनका लागि समय लाग्ने भन्दै बिहीबार रोकेर राखेकाले आज निर्णय हुन लागेको हो।
सरकारले गत बुधबार आफूलाई प्रहरी प्रमुखबाट हटाएर डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि कार्की उक्त निर्णयविरुद्ध कानुनी उपचार खोज्दै सर्वोच्च अदालत पुगेका थिए। मन्त्रिपरिषद्को निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै प्रहरी नेतृत्वको जिम्मेवारी सम्हालिसकेका छन्। कार्कीको रिट निवेदन शुक्रबार दर्ता भए तापनि यसको प्रारम्भिक सुनुवाइ भने तिहार बिदापछि मात्र हुने जनाइएको छ।
Read full story at source ( nepalviews.com )