काठमाडौँ । चेक अनादर भएको प्रमाणस्वरूप बैङ्कको रिटर्न स्लिप पेस गर्न नसकिएको अवस्थामा पनि चेक जारी गर्ने व्यक्ति दायित्वबाट मुक्त नहुने सर्वोच्च अदालतले व्याख्या गरेको छ। चेक जारीकर्ताले जानाजानी भुक्तानी हुन नसक्ने अवस्था सिर्जना गरेको पुष्टि भएमा बैङ्कको औपचारिक कागजात अभावकै आधारमा उसलाई उन्मुक्ति दिन नमिल्ने सर्वोच्चको ठहर छ।
विवेक श्रेष्ठविरुद्ध वेदप्रसाद अग्रवालको चेक अनादरसम्बन्धी मुद्दामा न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ, टेकप्रसाद ढुङ्गाना र अब्दुल अजिज मुसलमान सम्मिलित पूर्ण इजलासले यस्तो नजिर स्थापित गरेको हो। इजलासले चेक जारी गर्दाको अवस्था, बैङ्क खाताको मौज्दात र जारीकर्ताको बदनियतलाई समेत आधार मानेर न्यायिक निरूपण गर्नुपर्ने व्याख्या गरेको छ।
Read full story at source ( corporatenepal.com )