Trending
Prev Story
Next Story

किबीले दिएको सफलताको स्वाद

Nagarik News •
November 06, 2026 • 01:01 AM
1
1 reads 0 reactions

सुरुमा पाँच रोपनीमा लगाएको किबीले तीन वर्षपछि उत्पादन दिन थालेपछि उनले खेती विस्तार गर्दै थप २० रोपनीमा किबी लगाएका हुन्।

किबीले दिएको सफलताको स्वाद

अलैँचीखेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती थाले। पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ। किबी बिक्रीबाट गत वर्ष चार लाख रुपैयाँ आम्दानी भएपछि उनी व्यावसायिक खेती विस्तारमा लागेका छन्।

रोजगारीका लागि दुई वर्ष मलेसियामा बिताएर गाउँ फर्किएका शर्माले सुरुमा ३० रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती गरेका थिए। हावापानी अनुकूल नहुँदा खेतीबाट अपेक्षित उत्पादन लिन सकेनन्। त्यसपछि उनले किबी रोजे।

सुरुमा पाँच रोपनीमा लगाएको किबीले तीन वर्षपछि उत्पादन दिन थालेपछि उनले खेती विस्तार गर्दै थप २० रोपनीमा किबी लगाएका हुन्। यस वर्ष उत्पादन बढेकाले आम्दानी दोब्बर बनाउने लक्ष्य राखिएको उनले बताए।

“पाँच रोपनीमा लगाएको किबीले उत्पादन दिन थालेपछि खेती विस्तार गरेँ”, शर्माले भने, “आफ्नो भूगोल र हावापानी सुहाउँदो फलफूलखेती गर्नसके सफल हुन सकिने रहेछ। अलैँचीमा असफल भए पनि किबीमा सफलता मिलेको छ।”

गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ अनुदान सहयोगमा उनले आफ्नै बारीमा किबीखेती विस्तार गरेका हुन्। खेतीलाई अझ विस्तार गर्ने योजना बनाएका शर्माले उत्पादित किबी बजार पठाउने तयारी गर्दै छन्। उनले भने, “सुन्तलाखेती पनि सुरु गरेको छु।”

सुरुमा प्रतिगोटा ५०० मा बिरुवा खरिद गरेर किबीखेती थालेका शर्माले अहिले आफ्नो क्षेत्रका अन्य किसानलाई पनि यस खेतीतर्फ आकर्षित गरेका छन्। उनका अनुसार दमेकमा एक दर्जनभन्दा बढी किसान किबीमा आवद्ध छन्। त्यस क्षेत्रमा सबैभन्दा बढी क्षेत्रफलमा किबीखेती गर्ने किसान आफू नै भएको उनको दाबी छ।

जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दमेक क्षेत्र किबीखेतीका लागि सम्भावनायुक्त रहेको बताए। उनका अनुसार वडाले किसानलाई प्रोत्साहन गर्न ५०० किबीका बिरुवा अनुदानमा वितरण गरेको छ। दमेकको तल्लो क्षेत्रमा गरिएको किबीखेतीको परीक्षण सफल भएको उनले बताए।

नेपालमा सामान्यतया समुद्री सतहबाट एक हजारदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिन्छ। यसका लागि उपयुक्त हावापानी, तापक्रम र माटो छनोट गर्नुपर्दछ।

प्रकाशित: २० कार्तिक २०८३ ०६:४६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ । कार्...

#रोपनी #खेती #उत्पादन
Compare →
Bizshala
8h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#लगाए #उत्पादन
Compare →

Related Stories

Technology
Build #2611