काठमाडौं – विश्व इतिहासमा नोभेम्बर ६ विभिन्न राजनीतिक, सैन्य तथा सामाजिक परिवर्तनका महत्त्वपूर्ण घटनासँग जोडिएको दिन हो। यस दिन सन् १८६० मा अब्राहम लिंकन अमेरिकाको १६औँ राष्ट्रपति निर्वाचित भएका थिए। दासप्रथा अन्त्यका लागि ऐतिहासिक भूमिका खेलेका लिंकनको निर्वाचनले अमेरिकी राजनीतिमा ठूलो परिवर्तन ल्याउनुका साथै केही दक्षिणी राज्यको अलगाव र अन्ततः अमेरिकी गृहयुद्धको पृष्ठभूमि तयार गरेको थियो ।
अमेरिकी इतिहासमा अर्को महत्त्वपूर्ण घटना सन् १८६१ नोभेम्बर ६ मा पनि भएको थियो । अमेरिकाबाट अलग भएका दक्षिणी राज्यहरूको गठबन्धन कन्फेडेरेट स्टेट्स अफ अमेरिकाको राष्ट्रपतिमा जेफरसन डेभिस निर्वाचित भएका थिए। अमेरिकी गृहयुद्ध चलिरहेका बेला भएको उनको निर्वाचनले उत्तर र दक्षिणबीचको राजनीतिक विभाजनलाई थप संस्थागत गरेको थियो ।
Read full story at source ( bishowkhabar.com )