Trending
Prev Story
Next Story

बेनी बजार संरक्षणका लागि तटबन्ध पुनर्निर्माणको तयारी

Onlinekhabar •
November 06, 2026 • 01:01 AM
6
6 reads 0 reactions

२० कात्तिक,  म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ । बाढीले क्षति पुर्याएको संरचना पुनर्निर्माणका लागि करिब पाँच करोड रुपैयाँ खर्च …

बेनी बजार संरक्षणका लागि तटबन्ध पुनर्निर्माणको तयारी

२० कात्तिक,  म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ ।

बाढीले क्षति पुर्याएको संरचना पुनर्निर्माणका लागि करिब पाँच करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

आगामी बर्खाअघि नै नदी नियन्त्रण तथा बजार संरक्षणको काम सम्पन्न गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ ।

बाढीले बेनी नगरपालिका–८ गणेश टोल पछाडि निर्माण गरिएको करिब ८० मिटर लामो पक्की पर्खाल र वडा नं ७ स्थित म्याग्दी जेसीजको कार्यालय अगाडि रहेको करिब १५ मिटर लामो पक्की पर्खाल कटान गरी क्षतिग्रस्त बनाएको थियो ।

नदीको कटानले पर्खालसँगै चक्रपथसमेत प्रभावित भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले क्षतिग्रस्त पर्खाल पुनर्निर्माणका लागि तत्काल लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापनसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने योजना रहेको जानकारी दिए ।

उनका अनुसार पुनर्निर्माणका क्रममा कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्ने योजना छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनी बजारको संरक्षणका लागि क्षतिग्रस्त पर्खाल पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताए ।

उनले आयोजनालाई छिटो लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापन र निर्माण प्रक्रिया अघि बढाउन अनुरोध गरे ।

आयोजना प्रमुख प्रेमहरि पराजुलीले मनसुनजन्य विपद्‍बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइएको भए पनि पछिल्लो समय क्षतिको विवरण थपिएकाले अद्यावधिक विवरण तयार गरी आवश्यक बजेटका लागि विभागमा पठाउने तयारी भएको बताए ।

‘कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको बेनी बजारलगायतका बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर आगामी बर्खाअघि नै नदी नियन्त्रणका योजना सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाउँछौँ,’ उनले भने ।

यसअघि पनि सोही स्थानमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनामार्फत रिङरोड निर्माण गरिएको थियो । बाढीले क्षति पुर्याएपछि बजार संरक्षणका लागि ती संरचनाको पुनर्निर्माण गर्न लागिएको हो ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
7h ago
कमलपोखरीमा छठको तयारी पूरा: ५०० बर्तालुलाई कुपन, एक लाख भक्तजन आउने अपेक्षा

कमलपोखरीमा छठको तयारी पूरा: ५०० बर्तालुलाई कुपन, एक लाख भक्तजन आउने अपेक्षा

यही कात्तिक २९ गते परेको दीपावलीपछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। करिब एक लाख भक्तजन आउने अपेक्षासहित पोखरी परिसरलाई व्यवस्थित बनाइएको हो।

#तयारी
Compare →
Hamro Patro News
11h ago
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको द...

#संरक्षण
Compare →
Ekantipur
14h ago
जाजरकोटका ऐतिहासिक रातो र सेतो दरबार पुनर्निर्माण हुने

जाजरकोटका ऐतिहासिक रातो र सेतो दरबार पुनर्निर्माण हुने

वसन्त पञ्चमीदेखि काम थाल्ने लक्ष्य, तीन संरचनाका लागि ४८ करोड रुपैयाँ स्वीकृत

#पुनर्निर्माण
Compare →
Bizshala
1d ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
1d ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

Business & Economy
Build #2612