Trending
Prev Story
Next Story

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

Onlinekhabar •
November 06, 2026 • 01:01 AM
1
1 reads 0 reactions

२० कात्तिक, भोजपुर । पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन् । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उनले आफ्नो …

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

२० कात्तिक, भोजपुर । पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन् ।

आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उनले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका हुन् ।

भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले विगत दुई दशकदेखि कात्तिक, चैत र साउन महिनामा गाउँघर घुमेर रातको समयमा फेरी लगाउँदै आएका छन् । उनले एक महिनामा करिब २० देखि २५ दिनसम्म फेरी लगाउँदै गाउँबस्ती डुल्ने गरेको बताए ।

परम्परागत रूपमा फेरी लगाउँदा गाउँघरमा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहँदै आएको छ । फेरी लगाउने जोगीले रातको समयमा घरघरमा पुगेर मन्त्रसहित परम्परागत विधिअनुसार फेरी लगाउने प्रचलन छ । यसलाई स्थानीयले धार्मिक आस्था र सांस्कृतिक परम्पराका रूपमा लिने गरेका छन् ।

फेरी लगाउन गाउँघर पुग्ने जोगीलाई स्थानीयवासीले चामल, धान, मकै, कोदो, नगद तथा अन्य अन्नपात दिने परम्परा रहेको छ । आफ्नो गच्छेअनुसार सामग्री दिने प्रचलनले फेरी लगाउने जोगीको जीविकोपार्जनमा सहयोग पुग्ने गरेको छ । फेरी लगाउने र सामग्री दिने चलनले गाउँघरमा परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

स्थानीय परम्परा र संस्कृतिसँग जोडिएको फेरी लगाउने पेसा विगतमा धेरैले अपनाउने गरेका थिए । याङपाङमा कुनै समय १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा गर्दै आएको भए पनि अहिले घटेर दुई जनामा सीमित भएको जोगीले बताए ।

पुर्खौँदेखि चलिआएको यो पेसाको संरक्षण तथा स्थानीय मौलिक संस्कृति, परम्पराको जगेर्नासँगै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यसको निरन्तरताका लागि आफूले प्रयास गरिरहेको उनको भनाइ छ ।

समयक्रमसँगै नयाँ पुस्ता परम्परागत पेसाबाट टाढिँदै गएको अवस्थामा फेरी लगाउने चलन सङ्कटमा पर्दै गएको उनको भनाइ छ । पहिले गाउँघरमा व्यापक रूपमा प्रचलनमा रहेको यो परम्परा अहिले सीमित व्यक्तिले मात्र धान्दै आएका छन् । परम्परागत पेसा र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तामा यसको महत्व बुझाउन आवश्यक रहेको उनले बताए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
घर फेरिए, हराउँदै गए रानाथारुका परम्परा

घर फेरिए, हराउँदै गए रानाथारुका परम्परा

काठको अभाव, आधुनिक सुविधाप्रतिको आकर्षण र बदलिँदो जीवनशैलीले रानाथारु समुदायमा घरसँगै पहिरन, भाँडाकुँडा र पर्वका परम्परा पनि कमजोर बनाएको छ।

#परम्परागत #हराउँदै #परम्परा
Compare →
Hamro Patro News
2d ago
हराउँदै रानाथारुका परम्परागत घर

हराउँदै रानाथारुका परम्परागत घर

कञ्चनपुर– रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् । माटो, खर र काठले आकर्षक बनाएका घर रानाथारु समुदायको पहिचान हो । घर निर्माणमा प्रयोग हुने सामग्...

#परम्परागत #हराउँदै #परम्परा
Compare →
Nagarik News
3d ago
जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै

जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै

जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरु लोभ हुँदै गएका छन् ।

#परम्परागत #परम्परा
Compare →

Related Stories

World News
Build #2611