Trending
Prev Story
Next Story

उदयपुरको त्रियुगाका ३८ परिवारले पाए लालपुर्जा

Onlinekhabar •
November 05, 2026 • 04:00 PM
1
1 reads 0 reactions

१९ कात्तिक, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका ३८ घरपरिवारले जग्गाधनी पुर्जा(लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि आयोग उदयपुरमार्फत कानुनी प्रक्रिया पूरा गरेका त्रियुगा नगरपालिका–३ र ५ का भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई …

उदयपुरको त्रियुगाका ३८ परिवारले पाए लालपुर्जा

१९ कात्तिक, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका ३८ घरपरिवारले जग्गाधनी पुर्जा(लालपुर्जा) प्राप्त गरेका छन् ।

जिल्ला भूमि आयोग उदयपुरमार्फत कानुनी प्रक्रिया पूरा गरेका त्रियुगा नगरपालिका–३ र ५ का भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई बिहीबार जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार वडा नम्बर ३ का ११ र वडा नम्बर ५ का २७ परिवारले पुर्जा प्राप्त गरेका छन् । आवश्यक कानुनी प्रक्रिया पूरा गरेका परिवारलाई प्राथमिकताका आधारमा पुर्जा वितरण गरिएको उनले बताए ।

‘भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिएका छौँ । बाँकी वडामा पनि प्रक्रिया पूरा भएपछि वितरण गर्दै जानेछौँ,’ नगरप्रमुख बस्नेतले भने ।

लालपुर्जा प्राप्त गरेसँगै वर्षौंदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्व नपाएका परिवारले आफ्नो बसोबास रहेको जग्गामाथि कानुनी अधिकार प्राप्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जिल्लाका विभिन्न स्थानीय तहमा जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढिरहेको बताए । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै उनीहरूलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

आयोगका अनुसार शुक्रबार कटारी नगरपालिकाका ११ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी छ ।

यस्तै, रौतामाई गाउँपालिका–७ का ६५ परिवारको पुर्जा तयार भइसकेको छ । चौदण्डीगढी नगरपालिकाका ३२ र बेलका नगरपालिकाका ४५ परिवारका लागि पनि जग्गाधनी पुर्जा वितरण गर्न आवश्यक तयारी पूरा भएको शाहीले जानकारी दिए ।

‘पुर्जा तयार भएका स्थानीय तहलाई वितरण प्रक्रिया अघि बढाउन भनेका छौँ । अन्य पालिकाबाट प्राप्त भएका कानुनी प्रक्रिया पूरा गरेका कागजातको पनि अध्ययन भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी शाहीले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
उदयपुरका र धनुषाका १२२ परिवार भूमिहिनलाई लालपुर्जा

उदयपुरका र धनुषाका १२२ परिवार भूमिहिनलाई लालपुर्जा

जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ ।

#उदयपुर #पुर्जा #लालपुर्जा
Compare →
Hamro Patro News
1w ago
कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्रमाणित हुने लालपुर्जा प्राप्त गरेका छन्। कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिह...

#नगरपालिका #परिवारले #पाए
Compare →

Related Stories

National (Nepal)
Build #2611