Trending
Prev Story
Next Story

उदयपुरका र धनुषाका १२२ परिवार भूमिहिनलाई लालपुर्जा

Nagarik News •
November 06, 2026 • 12:28 PM
1
1 reads 0 reactions

जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ ।

उदयपुरका र धनुषाका १२२ परिवार भूमिहिनलाई लालपुर्जा

जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा रौतामाई  गाँउपालिकाका ३९ भूमिहिन दलित, २६ भूमिहिन सुकुम्बासी, कटारी नगरपालिकाका ४ भूमिहिन दलित, ७ भूमिहिन सुकुम्बासी र बेलका नगरपालिकाका ८ भूमिहिन दलित,  ३२ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनिहरु कानुनी रूपमा जग्गाधनी बनेका छन्।

त्यस्तै धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं ५ का ३ भूमिहिन दलित र ३ भूमिहिन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

प्रकाशित: २० कार्तिक २०८३ १८:१३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
२० वर्षपछि उदयपुरका २२ भूमिहिन दलित र ५ सुकुम्बासी परिवारले पाए लालपुर्जा

२० वर्षपछि उदयपुरका २२ भूमिहिन दलित र ५ सुकुम्बासी परिवारले पाए लालपुर्जा

काठमाण्डौ । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले  साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५) २७ भूमिहिन...

#भूमिहिन #दलित #सुकुम्बासी
Compare →
Onlinekhabar
1w ago
उदयपुरको त्रियुगाका ३८ परिवारले पाए लालपुर्जा

उदयपुरको त्रियुगाका ३८ परिवारले पाए लालपुर्जा

१९ कात्तिक, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका ३८ घरपरिवारले जग्गाधनी पुर्जा(लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि आयोग उदयपुरमार्फत कानुनी प्रक्रिया पूरा गरेका त्रियुगा नगरपालिका–३ र ५ का भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई …

#पुर्जा #उदयपुर #लालपुर्जा
Compare →
Hamro Patro News
1w ago
चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

चितवन । जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । त्यसमध्ये एक भूमिहीन दलित, चार भूमिहीन सुकुमबासी र १२ अव्यवस्थित परिवार ...

#पुर्जा #लालपुर्जा
Compare →

Related Stories

Technology
Build #2611