Trending
Prev Story
Next Story

धनकुटामा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

Ekantipur •
November 05, 2026 • 03:32 PM
1
1 reads 0 reactions

धनकुटा-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा बिहीबार साँझ भएको दुर्घटनामा धनकुटा-१ निगालेकी करिब ५२ वर्षीया ठोमा देवी ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

धनकुटामा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

धनकुटा-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा बिहीबार साँझ भएको दुर्घटनामा धनकुटा-१ निगालेकी करिब ५२ वर्षीया ठोमा देवी ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

धनकुटा — धनकुटामा ट्रक र दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धनकुटा-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा बिहीबार साँझ भएको दुर्घटनामा धनकुटा-१ निगालेकी करिब ५२ वर्षीया ठोमा देवी ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए। प्रहरीका अनुसार हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको को १० प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर खाएपछि विपरीत दिशाबाट आउँदै गरेको को ३८ प ३०६८ नम्बरको अर्को मोटरसाइकलसमेत दुर्घटनामा परेको थियो ।

दुर्घटनामा को १० प ९६८ नम्बरको मोटरसाइकलमा सवार ठकुरीको घटनास्थलमै मृत्यु भएको हो । सोही मोटरसाइकलका चालक धनकुटा–३ निगालेका ५३ वर्षीय गुणराज ठकुरी गम्भीर घाइते भएका छन् । उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

यस्तै, अर्को मोटरसाइकलका चालक मोरङको विराटनगर-१ का २० वर्षीय रोशन तामाङ सामान्य घाइते भएका छन् । उनको पनि जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा अनियन्त्रित ट्रकले २३ वटा सवारीसाधनलाई ठक्कर दिँदा तीन भारतीयसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। मृत्यु हुने भारतीयहरू केरलाको म...

#मृत्यु #ट्रक #घाइते
Compare →
Nagarik News
17h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मृत्यु #मोटरसाइकल #ठोक्किँदा
Compare →
Onlinekhabar
17h ago
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

#मृत्यु #ठोक्किँदा #घाइते
Compare →
Arthasansar
15h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#मृत्यु #घाइते
Compare →

Related Stories

Education & Youth
Build #2611