Trending
Prev Story
Next Story

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

Bizshala •
November 05, 2026 • 03:03 PM
1
1 reads 0 reactions

काठमाण्डौ । भारतीय चर्चित र्‍याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। कार्यक्रमको...

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

काठमाण्डौ । भारतीय चर्चित र्‍याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। कार्यक्रमको टाइटल स्पोन्सरमा TVS NTORQ आबद्ध भएको छ।

मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको यो कार्यक्रम ‘TVS NTORQ Presents Hustle by NepHop’ का रूपमा प्रस्तुत हुनेछ। कार्यक्रम कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय र्‍याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रममा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपाली हिप–हप पहिचानलाई प्रमुख स्थान दिइनेछ।

कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। स्थापित र्‍यापरदेखि नयाँ प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर दिने उद्देश्य राखिएको छ।

युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र आत्मविश्वाससँग जोडिएको ब्रान्डका रूपमा TVS NTORQ ले नेपाली हिप–हप संस्कृतिको प्रवर्द्धनमा सहकार्य गर्न कार्यक्रमको टाइटल स्पोन्सर बनेको जनाइएको छ।

‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित सञ्चालन हुने ‘Hustle by NepHop’ ले नेपाली हिप–हप प्रतिभालाई राष्ट्रिय मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ।

कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
ShareSansar
9y ago
TVS NTORQ Joins ‘Hustle by NepHop’ as a Title Sponsor

TVS NTORQ Joins ‘Hustle by NepHop’ as a Title Sponsor

|| ShareSansar || Nepali rap reality show ‘Hustle by NepHop,’ the Nepali franchise of India’s ‘MTV Hustle,’ is set to launch in Nepal with TVS NTORQ as its title sponsor. The show, brough...

#tvs #ntorq #hustle
Compare →
Hamro Patro News
1w ago
टिभीएस एनटर्क प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

टिभीएस एनटर्क प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

काठमाडौं । नेपाली हिप–हप संगीतलाई राष्ट्रियस्तरको नयाँ मञ्च प्रदान गर्ने उद्देश्यसहित भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । यस कार्...

#प्रस्तुत #हसल #बाई
Compare →
TechCrunch
3w ago
People are using AI to make their smart TVs dumb again | TechCrunch

People are using AI to make their smart TVs dumb again | TechCrunch

Fed up with ads, tracking, and sluggish interfaces, some smart TV owners are turning to AI agents to strip away bloatware and take back control of their TVs.

Related Stories

World News
Build #2611