Trending
Prev Story
Next Story

अस्ट्रेलियामा प्रकाश सपुत, आशिष सचिन र रचनाले एउटै मञ्चमा प्रस्तुति दिने

Nagarik News •
November 05, 2026 • 08:57 AM
1
1 reads 0 reactions

आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा नेपालका चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन्।

अस्ट्रेलियामा प्रकाश सपुत, आशिष सचिन र रचनाले एउटै मञ्चमा प्रस्तुति दिने

अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको उत्सव मनाउने तयारी गरिएको छ। आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा नेपालका चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन्।

महोत्सवमा गायक प्रकाश सपुत, आशिष सचिन र गायिका रचना रिमाल मुख्य आकर्षणका रूपमा रहनेछन्। उनीहरूले आफ्ना चर्चित तथा लोकप्रिय गीतमार्फत सिड्नीमा रहेका नेपाली दर्शकलाई मनोरञ्जन दिनेछन्।

विशेषगरी ‘पिरिम नलाउने’, ‘दाह्री फुल्यो बैंसैमा’ र ‘एक कान दुई कान मैदान’ जस्ता हिट गीतका गायक आशिष सचिनको प्रस्तुतिलाई दर्शकले प्रतीक्षा गरिरहेका छन्। त्यस्तै, प्रकाश सपुतले आफ्ना लोकप्रिय लोक तथा आधुनिक गीत प्रस्तुत गर्नेछन् भने रचना रिमालले पनि चर्चित गीतमार्फत सांगीतिक माहोल तताउनेछिन्।कार्यक्रममा चर्चित र्‍यापर सुदिन पोखरेलसहित अन्य कलाकारको समेत प्रस्तुति रहनेछ। विभिन्न सांगीतिक विधाका कलाकारको सहभागिताले महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउने आयोजकको विश्वास छ।

सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजना हुने महोत्सवमा सांगीतिक कार्यक्रमसँगै नेपाली कला, संस्कृति, मौलिक भेषभूषा, नृत्य र परम्परागत खानाका परिकारसमेत प्रस्तुत गरिनेछन्।

प्रवासमा नेपाली पहिचान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभलले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ। साथै, नेपाली संस्कृति र परम्परालाई विदेशी समुदायमाझ परिचित गराउने अवसरका रूपमा समेत महोत्सवलाई हेरिएको छ।

महोत्सवमा नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, अस्ट्रेलियाली राजनीतिक तथा सामुदायिक नेतृत्व र सर्वसाधारणको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।नेपाली संगीत, कला र संस्कृतिलाई एउटै उत्सवमा समेट्न लागिएको यस महोत्सवमा प्रकाश सपुत, आशिष सचिन र रचना रिमालको सांगीतिक प्रस्तुतिले सिड्नीमा नेपाली गीतसंगीतको विशेष रौनक थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १४:४२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
अस्ट्रेलियाका प्रधानमन्त्रीले मनाए नेपाली समुदायसँग तिहार, सजिए नेपाली ढाकाटोपीमा (तस्बिरहरु)

अस्ट्रेलियाका प्रधानमन्त्रीले मनाए नेपाली समुदायसँग तिहार, सजिए नेपाली ढाकाटोपीमा (तस्बिरहरु)

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभल २०२६ मा सहभागी हुँदै नेपाली समुदायसँग तिहार मनाएका छन् । शनिबार सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कम...

#सिड्नी #अस्ट्रेलिया
Compare →
Onlinekhabar
6d ago
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्री, ढाकाटोपीमा सजिएर गरे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्री, ढाकाटोपीमा सजिएर गरे सम्बोधन

२१ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गरेका छन् । कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री अल्बानिज ढाकाटोपी सजिएका थिए । सो क्रममा उनले सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै खुसीको …

#सिड्नी #अस्ट्रेलिया
Compare →
Ekantipur
3d ago
६ करोडको व्यवसाय खरानी भएपछि उठेको प्रकाशको उद्योग यात्रा

६ करोडको व्यवसाय खरानी भएपछि उठेको प्रकाशको उद्योग यात्रा

६ करोड रुपैयाँको लगानी खरानी भएपछि प्रकाशले उधारो मेसिनबाट थालेको व्यवसायमा अहिले तीन आउटलेट र ६५ कर्मचारी छन्।

#प्रकाश
Compare →
Bizshala
9h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#एउटै #दिने
Compare →

Related Stories

World News
Build #2611