शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेसले गाउँ, क्षेत्र र प्रदेश अधिवेशनदेखि केन्द्रीय अधिवेशनसम्म तीव्र गतिमा अघि बढाइरहेको छ। देउवा स्वयंले अधिवेशनमा सक्रियता देखाएपछि कांग्रेसको राजनीति चर्चामा छ । अर्कोतर्फ, विशेष र पन्ध्रौँ महाधिवेशनबाट गगनकुमार थापा सभापति भइसकेका छन् । देउवा र थापा एउटै पार्टीका छुट्टाछुट्टै सभापति हुन् भन्ने सन्देश दिने गरी दुवैका राजनीतिक गतिविधि भइरहेका छन् ।
थापाले असोजमा महाधिवेशन सम्पन्न गरे भने देउवाले मङ्सिरमा गर्दै छन् । देउवा पक्षले भ्रातृ संस्थालाई पूर्णता दिँदै धमाधम संयोजक पनि तोकिरहेको छ । पार्टीको विधानबमोजिम विशेष र नियमित महाधिवेशन गरिएको थापाको दाबी छ भने दुवै महाधिवेशन गैरकानुनी र अवैधानिक भएको देउवा पक्षको जिकिर छ । दुवैका अधिवेशनमा गाउँगाउँमा बाजागाजासहित नाचगान र उत्साह देखिएको छ । यसबाट के बुझिन्छ भने कार्यकर्ताका लागि दुवै कांग्रेस एउटै हो ।
Read full story at source ( nepalpress.com )