काठमाडौँ – विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको काठमाडौँले कसिलो बलिङ गर्दै विराटनगरलाई १८ ओभरको समाप्तिमा ८३ रन बनाउँदा अलआउट गरेको हो ।
विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ रन जोड्दा बसिर अहमेदले १० रन थपे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर लोकेस बम ६ रनमा आउट हुँदा आन्द्रे रसेलले ३ रन मात्र जोडे ।
Read full story at source ( khabarhub.com )