Trending
Prev Story
Next Story

कला परियोजनाका लागि एक लाखसम्म अनुदान, ललितकला प्रज्ञा–प्रतिष्ठानले माग्यो प्रस्ताव

Nagarik News •
November 05, 2026 • 12:46 PM
1
1 reads 0 reactions

छनोट हुने कला परियोजनालाई प्रतिष्ठानले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक प्रोत्साहन उपलब्ध गराउनेछ।

कला परियोजनाका लागि एक लाखसम्म अनुदान, ललितकला प्रज्ञा–प्रतिष्ठानले माग्यो प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले साना, सिर्जनात्मक तथा प्रभावकारी कला परियोजनालाई प्रोत्साहन गर्ने उद्देश्यले कला सङ्घ–संस्थासँग प्रस्ताव माग गरेको छ।

प्रतिष्ठानले ‘पकेट आर्ट प्रोजेक्ट कोल्याबोरेसन’ कार्यक्रमअन्तर्गत खुला आह्वान गरेको हो।

कार्यक्रमअन्तर्गत छनोट हुने कला परियोजनालाई प्रतिष्ठानले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक प्रोत्साहन उपलब्ध गराउनेछ। यस चरणमा अधिकतम चारवटा परियोजना छनोट गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार  प्रतिस्थापन कला (इन्टलेसन आर्ट), फोटोग्राफी, भिडियो आर्ट, डिजिटल आर्ट, पर्फर्मेन्स आर्ट, सार्वजनिक कला तथा अन्य समकालीन प्रयोगात्मक कलासम्बन्धी परियोजनाले प्रस्ताव पेस गर्न सक्नेछन्।

नेपालमा कानुनी रूपमा दर्ता भएका कला सङ्घ–संस्थाले मात्र यस कार्यक्रममा आवेदन दिन पाउनेछन्। प्रस्तावमा संस्थाको परिचय, परियोजनाको अवधारणा, अनुमानित बजेट तथा नेपाल सरकारअन्तर्गतका निकायमा संस्था दर्ता भएको प्रमाणपत्र समावेश गर्नुपर्नेछ।

त्यसैगरी, संस्थाको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रतिलिपि पनि पेस गर्नुपर्नेछ।

परियोजनाको अवधारणा आधिकारिक प्रतिनिधिबाट हस्ताक्षरित हुनुपर्ने र संस्थाको वा प्रतिनिधिको सम्पर्क नम्बर तथा इमेल ठेगाना स्पष्ट उल्लेख गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।

प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा मौलिकता, सिर्जनशीलता, कलात्मक सान्दर्भिकता, कार्यान्वयनको सम्भाव्यता र समुदायमा पार्ने प्रभावलाई मुख्य आधार बनाइनेछ।

प्रतिष्ठानले आवेदन पेस गर्ने अन्तिम मिति मङ्सिर १४ गते तोकेको छ।

इच्छुक कला सङ्घ–संस्थाले विस्तृत जानकारीका लागि प्रतिष्ठानको आधिकारिक वेबसाइट हेर्न वा सीताभवन, नक्साल, काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १८:३१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं । कुनै समय मन्दिरमा पूजिने देवीदेवताका प्रतिमा आज पश्चिमका संग्रहालयमा प्रदर्शनका सामग्री बनेका छन् । समुदायको आस्था र धार्मिक परम्परासँग जोडिएका मूर्ति, पाण्डुलिपि तथा ऐतिहासिक कलाकृति आफ्नो मूल परिवेशबाट कसरी विस्थापित भए ? तिनको …

#कला
Compare →
Hamro Patro News
5d ago
आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो

आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो

झापा । कमल गाउँपालिका–५ मा आदिवासी स्मृति रङ्गशालाका लागि वर्तमान सरकारले बहुवर्षीय परियोजना स्वीकृत गरेपछि रङ्गशाला निर्माणले गति लिने भएको छ । विसं २०६७ वैशाखमा सो स्थानमा रङ्गशाला निर्माण गर्नक...

#परियोजना
Compare →
Ekantipur
2h ago
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।

#प्रतिष्ठान
Compare →

Related Stories

Technology
Build #2611