काठमाडौं- अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो राजनीतिक धक्का व्यहोरेको छ। नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत हासिल गरेको छ। यससँगै अमेरिकी राजनीतिमा शक्ति सन्तुलन परिवर्तन भएको छ भने ट्रम्प प्रशासन आगामी दुई वर्ष संसद्मा विपक्षी दलको कडा चुनौती सामना गर्नुपर्ने अवस्थामा पुगेको छ।
निर्वाचन परिणामलाई अमेरिकी मतदाताले ट्रम्प प्रशासनप्रति व्यक्त गरेको असन्तुष्टिका रूपमा विश्लेषण गरिएको छ। सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई समर्थन गरेका कतिपय परम्परागत रिपब्लिकन प्रभाव क्षेत्रबाट समेत डेमोक्रेटिक उम्मेदवार विजयी भएका छन्।
Read full story at source ( bishowkhabar.com )