हेटौँडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले स्वास्थ्य क्षेत्रका कार्यक्रम तथा कार्य सम्पादनलाई अझ प्रभावकारी, परिणाममुखी र नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोड्नुपर्नेमा बताएका छन् । स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट तथा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विगत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमहरूबाट प्राप्त अनुभव, उपलब्धि र सिकाइलाई आत्मसात् गर्दै आगामी कार्यक्रमहरू तय गर्नुपर्ने बताए ।
Read full story at source ( ratopati.com )