Trending
Prev Story
Next Story

कांग्रेस आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन छैन: गगन थापा

Onlinekhabar •
November 05, 2026 • 11:00 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कमजोर धरातलमा नउभिएको बताएका छन्। पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन्। ‘ढुक्क हुनुहोस् म …

कांग्रेस आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन छैन: गगन थापा

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कमजोर धरातलमा नउभिएको बताएका छन्। पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन्।

‘ढुक्क हुनुहोस् म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्,’ उनले भिडियो सन्देश जारी गर्दै भने, ‘मेरा पक्षमा ढुक्कले बोल्नुहोस्।’

उनले गलत प्रश्न आफूलाई नगर्न पनि आग्रह गरेका छन्। ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ’ उनले भनेका छन्।

इनम सापकोटाले नाम लिएको विषयमा उनले थपे, ‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाईँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Nagarik News
10h ago
देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।

#कांग्रेस #गगन
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2612