Trending
Prev Story
Next Story

१२ करोड ५० लाखको आईपीओ ल्याउँदै भिजन लुम्बिनी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Bizshala •
November 05, 2026 • 10:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि...

१२ करोड ५० लाखको आईपीओ ल्याउँदै भिजन लुम्बिनी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यससम्बन्धी आयोजित औपचारिक कार्यक्रममा भिजन लुम्बिनीका तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ।

प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आधारमा कम्पनीले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ।

भिजन लुम्बिनी नेपालमा विभिन्न उत्पादनमूलक तथा लगानीका क्षेत्रमा लगानी गर्दै आएको सार्वजनिक लगानीमूलक कम्पनी हो।

कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायत उत्पादनशील र प्रशोधन क्षेत्रमा लगानीका अवसर पहिचान, अध्ययन, विश्लेषण तथा प्रवर्द्धन गर्दै आएको जनाएको छ।

स्वदेशी पूँजी र स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत नयाँ लगानीका सम्भावना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने लक्ष्य कम्पनीले लिएको छ।

कम्पनीले विशेषगरी जलविद्युत तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ।

आगामी दिनमा पनि नयाँ तथा सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण, रोजगारी सिर्जना र नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउने योजना कम्पनीको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5d ago
एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौंको लय फर्कियो, पोखरा अझै जितविहीन

एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौंको लय फर्कियो, पोखरा अझै जितविहीन

आजको विश्रामपछि सुरु हुने खेलले अंकतालिकाको समीकरण मात्र होइन, उपाधि दौडको दिशा पनि थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

#लुम्बिनी
Compare →
Onlinekhabar
5d ago
विश्वले उत्सव मनाउने लुम्बिनीमा उपेक्षित स्थानीय सवाल

विश्वले उत्सव मनाउने लुम्बिनीमा उपेक्षित स्थानीय सवाल

विश्वस्तरमा स्थापित पवित्र लुम्बिनीको पहिचानले त्यहाँ आसपासका बासिन्दाहरूको जीवनमा के परिवर्तन ल्यायो भन्ने प्रश्न नेपालले अझै उठान गर्न सकेको छैन। हरेक वर्ष बुद्ध पूर्णिमाका दिन श्रीलङ्का, थाइल्यान्ड, जापान, कोरिया र भियतनामबाट आएका तीर्थयात्री लुम्बिनीका इँटा बिछ्याइएका …

#लुम्बिनी
Compare →
Arthasansar
5d ago
हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिन सेमय थप भएको छ । कम्पनीले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय...

#आईपीओ
Compare →
Hamro Patro News
6d ago
यस सिजनमा लुम्बिनीको पहिलो हार

यस सिजनमा लुम्बिनीको पहिलो हार

काठमाडौँ। यस सिजनको एनपिएलमा लुम्बिनी लायन्सले पहिलो पराजयको सामना गरेको छ। शनिबार भएको खेलमा काठमाडौँ गुर्खाजले लुम्बिनीलाई ३६ रनले हरायो। १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३ बल बाँकी रहँदा सबै...

#लुम्बिनी
Compare →
Ekantipur
8h ago
आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

तीन ठूला अन्तर्राष्ट्रिय पूजा तथा प्रवचनमा विभिन्न देशका भिक्षु, भिक्षुणी र उपासक सहभागी हुँदा लुम्बिनीको पर्यटनसमेत चलायमान बनेको छ।

#लुम्बिनी
Compare →

Related Stories

Business & Economy
Build #2611