Trending
Prev Story
Next Story

मकवानपुरमा राति ९ बजेपछि भैली खेल्न नपाइने, प्लास्टिक माला बेच्न रोक

Ekantipur •
November 05, 2026 • 10:01 AM
1
1 reads 0 reactions

जिल्ला प्रशासनले तिहार, नेपाल संवत् र छठलाई सुरक्षित तथा मर्यादित बनाउन देउसी–भैलोको समयसीमा तोक्दै पटका र प्लास्टिकका फूलमा रोक लगाएको छ।

मकवानपुरमा राति ९ बजेपछि भैली खेल्न नपाइने, प्लास्टिक माला बेच्न रोक

जिल्ला प्रशासनले तिहार, नेपाल संवत् र छठलाई सुरक्षित तथा मर्यादित बनाउन देउसी–भैलोको समयसीमा तोक्दै पटका र प्लास्टिकका फूलमा रोक लगाएको छ।

हेटौंडा — मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आसन्न तिहारमा देउसी-भैलोका लागि राति ९ बजेसम्मको समय निर्धारण गरेको हो ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित रुपमा मनाउन आग्रह सहित विभिन्न निर्देशनहरु जारी गरेको छ । प्रशासनले देउसी–भैलो खेल्ने समयसीमा तोक्नुका साथै पटका तथा प्लास्टिकका फूलगुच्छा बिक्री–वितरणमा पूर्ण रोक लगाएको छ ।

प्रशासनद्वारा जारी सूचना अनुसार तिहारमा खेलिने देउसी–भैलो तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ भने चाडपर्वका समयमा समाजमा अशान्ति फैलिन नदिन र दुर्घटना न्यूनीकरण गर्न प्रशासनले देहायका विषयमा कडाइ गरेको छ ।

स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने भएकाले पटका, भुइचम्पा, आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसारपसार, भण्डारण, बिक्री तथा प्रयोगमा प्रशासनले पूर्ण रोक लगाइएको छ । वातावरण संरक्षणका लागि सरकारले राजपत्रमा प्रकाशित गरी प्रतिबन्ध लगाएकाले प्लास्टिकका फूल तथा मालाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण नगर्न सचेत गराइएको छ ।

जुवातास र मदिरा सेवनमा कडाइः कानुनले निषेध गरेको सट्टेबाजी, जुवा, तास, लंगुरबुर्जा नखेल्न तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला र झैझगडा नगर्न चेतावनी दिइएको छ । अखाद्य तथा म्याद गुज्रेका सामग्री बिक्री, कृत्रिम अभाव सिर्जना र मूल्यवृद्धि नगर्न तथा सवारी साधनमा तोकिएभन्दा बढी भाडा नउठाउन र क्षमताभन्दा बढी यात्रु नबोक्न प्रशासनले निर्देशन दिइएको छ ।

दीप प्रज्वलन तथा विद्युतीय बत्तीहरुको प्रयोग गर्दा आगलागीको जोखिम रहने हुादा उच्च सतर्कता अपनाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले आग्रह गरेका छन् । चाडपर्व मनाउँदा अरुलाई असर नपर्ने गरी खुसीयाली साट्न अनुरोध गरिएको छ भने प्रशासनले जारी गरेको निर्देशन विपरीत गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाइएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन

अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन

काठमाडौं– तिहारमा देउसी–भैलो खेल्ने समयको सीमा हटेको छ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्...

#प्रशासन #देउसी #भैलो
Compare →
Nagarik News
4d ago
देउसी-भैलोमा दक्षिणा दिन बाध्य पार्न नपाइने, गृहको नयाँ निर्देशनमा के छ ?

देउसी-भैलोमा दक्षिणा दिन बाध्य पार्न नपाइने, गृहको नयाँ निर्देशनमा के छ ?

गृह मन्त्रालयले तिहारका अवसरमा सञ्चालन हुने देउसी-भैलो कार्यक्रममा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने जनाएको छ।

#देउसी #भैलो #नपाइने
Compare →
Onlinekhabar
1d ago
देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

२६ कात्तिक, रुपन्देही । देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत …

#देउसी #भैलो
Compare →
Arthasansar
8h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#राति #बजेपछि
Compare →

Related Stories

Technology
Build #2612