Trending
Prev Story
Next Story

कान्तिपुर फर्माले आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट पायो स्वीकृति

Ekantipur •
November 05, 2026 • 10:01 AM
1
1 reads 0 reactions

यसले अंकित मूल्य एक सय रूपैयाँको दरमा १७ लाख कित्ता सेयर जारी गर्ने भएको छ ।

कान्तिपुर फर्माले आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट पायो स्वीकृति

यसले अंकित मूल्य एक सय रूपैयाँको दरमा १७ लाख कित्ता सेयर जारी गर्ने भएको छ ।

काठमाडौँ — कान्तिपुर फर्मास्युटिकल्सले आइपीओ जारी गर्न स्वीकृति पाएको छ ।

कम्पनीले कात्तिक १९ गते नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्न स्वीकृति पाएको हो ।

यसले अंकित मूल्य एक सय रूपैयाँको दरमा १७ लाख कित्ता सेयर जारी गर्ने भएको छ । सर्वसाधारणबाट यसले १७ करोड रूपैयाँ उठाउने भएको हो ।

यसको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल छ । कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१-८२ मा ८० प्रतिशतले बढेर ४० करोड ९० लाख रूपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आम्दानी २२ करोड ७० लाख रूपैयाँ थियो । यद्यपि, नाफाको मार्जिन भने घटेको छ । कम्पनीको खुद नाफा मार्जिन १३.९५ प्रतिशतबाट घटेर ६.२८ प्रतिशतमा झरेको छ । उच्च मौज्दात, चालु पुँजीमा निर्भरता र बढ्दो ब्याज खर्चलाई रेटिङको क्रममा प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ जारी गर्न अनुमति

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ जारी गर्न अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन...

#जारी #कान्तिपुर #फर्मा
Compare →
Onlinekhabar
1w ago
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई कुल ८० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । …

#कान्तिपुर #फर्मा #पायो
Compare →
Arthasansar
1w ago
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ निष्काशनका लागि अनुमति

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ निष्काशनका लागि अनुमति

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आज कात्तिक १९ गते...

#कान्तिपुर #फर्मा #पायो
Compare →
Hamro Patro News
1w ago
कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि १७ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले कात्तिक १९ गते प...

#कान्तिपुर #फर्मा #बोर्ड
Compare →
Nagarik News
5d ago
बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।

#जारी
Compare →

Related Stories

Business & Economy
Build #2612