Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको शिष्टाचार भेट

Ekantipur •
November 05, 2026 • 10:01 AM
1
1 reads 0 reactions

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फस्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको शिष्टाचार भेट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फस्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फष्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका दुई पक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका उनी बुधबार यहाँ आइपुगेका थिए । विदेश सचिव मिस्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।

भ्रमणका क्रममा विदेश सचिव मिस्रीले बुधबार नै अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी आजै काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट

पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट

काठमाडौं– नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग शुक्रबार शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा भौतिक पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा ...

#भेट #भारतीय
Compare →
Onlinekhabar
1d ago
उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

२६ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री यादवले बिहीबार …

#भेट #शिष्टाचार
Compare →
Nagarik News
1d ago
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ।

#भेट
Compare →

Related Stories

Politics & Governance
Build #2611