Trending
Prev Story
Next Story

३२ लाखभन्दा बढी मूल्यका माछासहित ट्रक नियन्त्रणमा

Onlinekhabar •
November 05, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१९ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा …

३२ लाखभन्दा बढी मूल्यका माछासहित ट्रक नियन्त्रणमा

१९ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको तर ट्रकमा ४४ क्यारेट बढी माछा लोड गरिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकसहित चालक वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रविकुमार साहलाई नियन्त्रणमा लिएको थियो ।

बरामद माछाको कुल मूल्य ३२ लाख ११ हजार ३९२ रुपैयाँ मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
चाडपर्वमा लुटपाट र चोरी नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन

चाडपर्वमा लुटपाट र चोरी नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपम...

#नियन्त्रण
Compare →
Nagarik News
5d ago
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

#ट्रक
Compare →
Ekantipur
3d ago
रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

कञ्चनको हात्तीबजारमा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो। आतिशबाजी गरिरहेका अन्य स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

#नियन्त्रण
Compare →

Related Stories

National (Nepal)
Build #2611