Trending
Prev Story
Next Story

नेप्सेका नयाँ सीईओलाई पुरानै चुनौती, पुनः संरचनादेखि प्रविधि सुधारसम्मको जिम्मेवारी

Ekantipur •
November 05, 2026 • 09:32 AM
1
1 reads 0 reactions

सीईओका रूपमा सुवेदीको पहिलो चुनौती संस्थाको पुनःसंरचना अघि बढाउनु हुनेछ ।

नेप्सेका नयाँ सीईओलाई पुरानै चुनौती, पुनः संरचनादेखि प्रविधि सुधारसम्मको जिम्मेवारी

सीईओका रूपमा सुवेदीको पहिलो चुनौती संस्थाको पुनःसंरचना अघि बढाउनु हुनेछ ।

काठमाडौँ — नेप्सेको पुनःसंरचना गर्ने विषय नयाँ होइन । दुई दशकदेखि चर्चामा रहेको यो विषयमा पटक–पटक अध्ययन भए, विभिन्न समितिले सुझाव दिए र सरकारले नीति तथा कार्यक्रममार्फत प्रतिबद्धता पनि जनायो । तर, नेप्सेको संरचना र सञ्चालन प्रणालीमा अपेक्षित परिवर्तन हुन सकेको छैन ।

यही पृष्ठभूमिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका प्रताप सुवेदीसामु पुरानै चुनौतीलाई परिणाममा बदल्नुपर्ने जिम्मेवारी आएको छ ।

नेप्सेको सीईओका रूपमा उनको पहिलो चुनौती संस्थाको पुनःसंरचना अघि बढाउनु हुनेछ ।

नेप्से पुनःसंरचनाको लागि भन्दै हालसम्म आधा दर्जन बढी समिति र प्रतिवदेन तयार भएका छन् । तर, यसमा कुनै प्रगति हुन सकेको छैन ।

अन्तिम पटक सरकारले नेप्से पुनःसंरचनाका लागि २०८२ असोजमा बनाएको अध्ययन समितिले सरकारको स्वामित्वमा रहेको ५८.६६ प्रतिशत सेयर बिक्री गर्ने, विदेशी रणनीतिक साझेदार भित्र्याउने र सञ्चालक समितिलाई व्यावसायिक बनाउने प्रस्ताव पनि गरेको थियो ।

तर, यस्तो सुझाव कार्यान्वयन गर्न सीईओको भूमिका मात्र पर्याप्त हुँदैन । नेप्सेको स्वामित्वमा सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोषलगायत संस्थाको लगानी छ । त्यसैले स्वामित्व परिवर्तन र नयाँ साझेदार भित्र्याउने विषयमा अर्थ मन्त्रालयबाटै समन्वय गर्नुपर्ने हुन्छ ।

चालु आर्थिक वर्ष २०८३-८४ को बजेट घोषणको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि नेप्से पुनःसंरचनाको लागि पहल गर्ने उल्लेख गरेका थिए । हाल नेप्सेमा सरकारपछि राष्ट्रिय वाणिज्य बैंकको ११.२३ प्रतिशत, कर्मचारी सन्चय कोषको १० प्रतिशत, नेपाल राष्ट्र बैंकको ९.५ प्रतिशत र लक्ष्मी र प्रभु बैंकको ५-५ प्रतिशतको दरमा सेयर स्वामित्व छ । पुनःसंरचनासँगै नेप्सेको कारोबार प्रणालीलाई आधुनिक बनाउनु अर्को चुनौती हो । पछिल्ला वर्षमा कारोबार प्रणालीको क्षमता, प्राविधिक समस्या र बजार विस्तार गर्न सक्ने क्षमतामाथि प्रश्न उठ्दै आएका छन् । नेप्सेमा नयाँ ब्रोकर थपिँदै जाँदा कारोबार प्रणालीले बढ्दो कारोबारको चाप धान्न सक्नुपर्नेछ ।

साथै, कारोबारमा अवरोध आउँदा त्यसको तत्काल समाधान गर्ने र तथ्यांकको सुरक्षा सुनिश्चित गर्ने प्रणाली विकास गर्नुपर्नेछ ।

त्यस्तै, नेप्सेको संस्थागत सुशासन सुधार पनि उत्तिकै महत्त्वपूर्ण छ । सञ्चालक समितिमा व्यावसायिक दक्षता भएका व्यक्तिको प्रतिनिधित्व, निर्णय प्रक्रियामा पारदर्शिता र कर्मचारी व्यवस्थापनमा सुधार नगरी संस्थालाई प्रतिस्पर्धी बनाउन कठिन हुन्छ । नेप्से सरकारी स्वामित्वमा रहे पनि यसले व्यावसायिक संस्थाका रूपमा काम गर्नुपर्ने अपेक्षा छ ।

अर्कोतर्फ, नेपालको पुँजी बजारमा बैंक तथा जलविद्युत् कम्पनीको बाहुल्य छ । उत्पादनमूलक, पर्यटन, सिमेन्ट तथा सेवा क्षेत्रका कम्पनीलाई सेयर बजारमा आकर्षित गर्नुपर्ने आवश्यकता छ । यसरी हेर्दा नयाँ सीईओका सामु दैनिक कारोबार सञ्चालनलाई प्रभावकारी बनाउनेदेखि नेप्सेको स्वामित्व, व्यवस्थापन, प्रविधि र बजारको दायरा विस्तार गर्नेसम्मका चुनौती छन् ।

विगतमा धेरै नेतृत्वले पुनःसंरचनाको योजना अघि सारे पनि त्यसले मूर्त रूप लिन सकेको छैन । अब नयाँ  सीईओले  आफ्नो कार्यकालमा नेप्सेले पुरानै संरचनामा काम गर्ने हो वा साँच्चिकै नयाँ स्वरूप लिने हो भन्ने चासो लगानीकर्तामा रहनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #नेप्से
Compare →
Arthasansar
10h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #नेप्से
Compare →
Bizshala
10h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#शेयर-बजार #नेप्से
Compare →
Nagarik News
9h ago
राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी

राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी

राहुलले यसअघि पनि मोदीलाई पटकपटक सार्वजनिक बहसका लागि चुनौती दिँदै आएका छन्। सन् २०१९ र २०२४ को लोकसभा चुनावका क्रममा पनि उनले मोदीसँग प्रत्यक्ष बहस गर्नुपर्ने माग गरेका थिए।

#चुनौती
Compare →
Onlinekhabar
1d ago
एनभिडियाले कोलेट क्रेसलाई दियो अन्तरिम सीईओको जिम्मा

एनभिडियाले कोलेट क्रेसलाई दियो अन्तरिम सीईओको जिम्मा

टेक कम्पनी एनभिडियाका सिईओ जेन्सेन हुआङले विवाहेत्तर सम्बन्धको विवादमा परेर राजीनामा दिएपछि कम्पनीले नयाँ अन्तरिम सीईओको जिम्मा कोलेट क्रेसलाई दिएको छ । क्रेस सन् २०१३ सेप्टेम्बरमा कम्पनीमा आबद्ध भएदेखि कार्यकारी उपाध्यक्ष प्रमुख वित्तीय अधिकृतको रुपमा कार्यरत …

#सीईओ
Compare →

Related Stories

Business & Economy
Build #2611