Trending
Prev Story
Next Story

शेख हसिनाद्वारा आगामी महिना बंगलादेश फर्कने घोषणा

Ekantipur •
November 05, 2026 • 09:32 AM
1
1 reads 0 reactions

स्वदेश फर्कदा विमानस्थलमै गिरफ्तारी, यातना वा ज्यान जोखिममा पर्ने सम्भावनाबारे आफू पूर्ण रूपमा सचेत रहेको हसिनाले बताइन्

शेख हसिनाद्वारा आगामी महिना बंगलादेश फर्कने घोषणा

स्वदेश फर्कदा विमानस्थलमै गिरफ्तारी, यातना वा ज्यान जोखिममा पर्ने सम्भावनाबारे आफू पूर्ण रूपमा सचेत रहेको हसिनाले बताइन्

काठमाडौँ — सन् २०२४ को जनविद्रोहपछि पदच्युत भई भारतमा निर्वासित जीवन बिताइरहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी महिना स्वदेश फर्कने बताएकी छिन् ।

अमेरिकी सञ्चारमाध्यम द एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत प्रतिक्रिया दिँदै उनले भनिन्,‘यदि मृत्यु नै मेरो भाग्य हो भने, म विदेशी भूमिमा भन्दा आफ्नै देशको माटोमा, आफ्नै मानिसहरूको माझमा मर्न चाहन्छु ।’

विद्यार्थीको नेतृत्वमा भएको रक्तपातपूर्ण प्रदर्शनका कारण सत्ता छाड्न बाध्य भएकी हसिना त्यसयता भारतमा शरण लिएर बसिरहेकी छिन् । सन् २०२५ मा बङ्गलादेशको एक विशेष न्यायाधिकरणले प्रदर्शनकारीमाथि भएको घातक दमनमा उनलाई जिम्मेवार ठहर गर्दै मानवता विरुद्धको अपराधमा मृत्युदण्डको फैसला सुनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार उक्त हिंसामा करिब १ हजार ४ सय जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए । हसिनाले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएको छ ।

बङ्गलादेशले बारम्बार हसिनाको सुपुर्दगीको माग गरे पनि भारतले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । विगतमा पनि स्वदेश फर्किने इच्छा व्यक्त गरेकी हसिनाले यसपटक पनि आफ्नो निर्णय नबदलिएको बताइन् ।

स्वदेश फर्किँदा विमानस्थलमै गिरफ्तारी, यातना वा ज्यान जोखिममा पर्ने सम्भावनाबारे आफू पूर्ण रूपमा सचेत रहेको उनको भनाइ छ।

हसिनाको शासनकालपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले देशमा नयाँ चुनाव गरेका थिए ।

गत फेब्रुअरीमा भएको निर्वाचनमा हसिनाका राजनीतिक प्रतिद्वन्द्वी खालिदा जियाका छोरा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश नेशनल पार्टी (बीएनपी)  विजयी भएको थियो ।

अहिले रहमान बंगलादेशको प्रधानमन्त्री छन् । उक्त निर्वाचनमा हसिनाको अवामी लिगलाई भने प्रतिबन्ध लगाइएको थियो । यस दलमाथिको प्रतिबन्ध अझै खुलेको छैन ।

पार्टीका शीर्ष नेताहरू जेल वा निर्वासनमा छन् । हसिनाले आफ्ना हजारौँ कार्यकर्ता मारिएको र बाँचेकाहरुले दमन सहनुपरेको आरोप लगाएकी छिन् ।

साथै, बङ्गलादेशमा हालका वर्षहरूमा उग्रवादी तथा अतिवादीहरूको प्रभाव बढ्दै गएकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेकी छिन् । बंगलादेशको प्रधानमन्त्रीको कार्यालयले भने यस विषयमा तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
कति सहज छ शेख हसिनाको बंगलादेश फिर्ती ?

कति सहज छ शेख हसिनाको बंगलादेश फिर्ती ?

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको बाटोमा जटिलता देखिएका छन् । तर, उनको स्वदेश फिर्तीमै भारत–बंगलादेश सम्बन्धको भविष्य समेत जोडिएको छ । दुई वर्षअघि सत्तापलटपछि दे...

#हसिना #स्वदेश #शेख
Compare →
Nagarik News
2d ago
हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

गोपालगन्जमा प्रहरीको गाडीमा आगजनी, प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास र रबरको गोली प्रहार

#हसिना #स्वदेश #बंगलादेश
Compare →
Onlinekhabar
2d ago
बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प …

#हसिना #शेख
Compare →

Related Stories

World News
Build #2611