Trending
Prev Story
Next Story

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

Nagarik News •
November 11, 2026 • 05:00 AM
1
1 reads 0 reactions

गोपालगन्जमा प्रहरीको गाडीमा आगजनी, प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास र रबरको गोली प्रहार

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन माग गर्दै उनका समर्थकहरू सडकमा उत्रिएपछि देशभर तनाव र हिंसा भड्किएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको बीबीसीले जनाएको छ।

गोपालगन्ज जिल्लामा हसिनाको प्रतिबन्धित राजनीतिक दल अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिगका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा आगजनी गरेका छन्।

सन् २०२४ अगस्टमा व्यापक जनविद्रोहका कारण हसिना सत्ताच्युत भएर भारत पलायन भएयता उनका समर्थकले गरेको यो पहिलो ठूलो र संगठित शक्ति प्रदर्शन मानिएको छ।

भारतमा निर्वासनमा रहेकी हसिनाले बंगलादेश फर्कने तयारीस्वरूप नयाँदिल्लीस्थित बंगलादेशी उच्चायोगसमक्ष राहदानी माग गरेको खबर सार्वजनिक भएपछि प्रदर्शन चर्किएको हो। उनले आगामी डिसेम्बरमा स्वदेश फर्कने इच्छा व्यक्त गर्दै राहदानीका लागि निवेदन दिएको बताइएको छ।

बंगलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले भारतबाट हुने कुनै पनि षड्यन्त्रमार्फत देशको शान्ति र सुरक्षा खल्बल्याउने प्रयास सफल हुन नदिने चेतावनी दिएका छन्।

यता, विदेशमा निर्वासनमा रहेका छात्र लिगका एक वरिष्ठ नेताले हिंसात्मक घटनामा आफ्नो संगठनका कार्यकर्ता संलग्न नरहेको दाबी गरेका छन्। अज्ञात समूहले हिंसात्मक गतिविधि गरेको उनको भनाइ छ।

हसिनाले बंगलादेशमा लगातार १५ वर्ष शासन गरेकी थिइन्। सन् २०२४ मा विद्यार्थी आन्दोलनबाट सुरु भएको व्यापक जनविद्रोह चर्किएपछि उनले सत्ता छाडेर भारतमा शरण लिनुपरेको थियो।

यसैबीच, गत वर्ष बंगलादेशको विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने उक्त फैसलालाई राजनीतिक प्रतिशोधबाट प्रेरित र पक्षपातपूर्ण भन्दै अस्वीकार गर्दै आएकी छन्।

मृत्युदण्डको सजाय र पक्राउ पर्ने जोखिम कायमै रहे पनि हसिनाले स्वदेश फर्कने इच्छा व्यक्त गर्नुलाई बंगलादेशको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनको सम्भावित पुनरागमनको चर्चासँगै समर्थकको प्रदर्शन र सरकारको कडा चेतावनीले बंगलादेशको राजनीतिक तथा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

प्रकाशित: २५ कार्तिक २०८३ १०:४५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन माग गर्दै उनका समर्थकहरू सडकमा उत्रिएपछि देशभर तनाव र हिंसा भड्किएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका ...

#हसिना #समर्थक #स्वदेश
Compare →
Ekantipur
1w ago
शेख हसिनाद्वारा आगामी महिना बंगलादेश फर्कने घोषणा

शेख हसिनाद्वारा आगामी महिना बंगलादेश फर्कने घोषणा

स्वदेश फर्कदा विमानस्थलमै गिरफ्तारी, यातना वा ज्यान जोखिममा पर्ने सम्भावनाबारे आफू पूर्ण रूपमा सचेत रहेको हसिनाले बताइन्

#हसिना #स्वदेश
Compare →
Onlinekhabar
2d ago
बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प …

#हसिना
Compare →

Related Stories

World News
Build #2611