Trending
Prev Story
Next Story

अमेरिकाको डेमोक्रेटिक पार्टीमा भावी राष्ट्रपतिका रुपमा जोन ओसोफको चर्चा

Ekantipur •
November 05, 2026 • 09:31 AM
1
1 reads 0 reactions

निर्वाचन परिणामले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका लागि दुवै दलभित्र नयाँ समीकरण र प्रतिस्पर्धाको आधार तयार गरेको छ

अमेरिकाको डेमोक्रेटिक पार्टीमा भावी राष्ट्रपतिका रुपमा जोन ओसोफको चर्चा

निर्वाचन परिणामले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका लागि दुवै दलभित्र नयाँ समीकरण र प्रतिस्पर्धाको आधार तयार गरेको छ

वासिङ्टन — अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएपछि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि दुवै दलभित्र उम्मेदवारीको प्रतिस्पर्धा चर्किने सङ्केत देखिएको छ ।

हारले उपराष्ट्रपति जे.डी. भान्सको सम्भावना कमजोर बनाएको छ भने डेमोक्रेटिक पार्टीका युवा नेता जोन ओसोफको चर्चा बढाएको छ ।

रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार भान्स ट्रम्पसँग निकट रहेकाले मध्यावधिको पराजयको राजनीतिक असर भोग्नुपर्ने जोखिममा छन् । उनले इरानविरुद्धको अलोकप्रिय युद्धलाई हारको कारण बताउँदै आफूलाई त्यसबाट अलग देखाउन खोजेका छन् ।

विदेशमन्त्री मार्को रुबियो, फ्लोरिडाका गभर्नर रोन डिसान्टिस र टेक्सासका सिनेटर टेड क्रुज पनि सम्भावित दाबेदारका रूपमा चर्चामा छन्। तर, ट्रम्प प्रशासनका अधिकारीहरूलाई इरान युद्धको प्रभावबाट अलग रहन कठिन हुने विश्लेषण गरिएको छ ।

डेमोक्रेटिक पार्टीमा जर्जियाका ३९ वर्षीय सिनेटर जोन ओसोफको पुनःनिर्वाचनले उनको राष्ट्रपतीय उम्मेदवारीबारे चर्चा बढाएको छ । उनले दौडमा रुचि नरहेको बताए पनि युवा छवि र विजयले पार्टीभित्र प्रभाव बढाएको छ । उनको तुलना पूर्वराष्ट्रपति बाराक ओबामासँगसमेत हुन थालेको छ ।

पूर्वउपराष्ट्रपति कमला ह्यारिस, पेन्सिलभेनियाका गभर्नर जोश शापिरो र क्यालिफोर्नियाका निवर्तमान गभर्नर गेभिन न्यूसम पनि सम्भावित उम्मेदवार छन्। यद्यपि, पार्टीभित्र नयाँ अनुहारलाई अवसर दिनुपर्ने मतसमेत बलियो छ ।

न्युयोर्ककी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज, सिकागोका पूर्वमेयर रहम इमानुएल, इलिनोइसका गभर्नर जेबी प्रिट्जकर, केन्टकीका गभर्नर एन्डी बेशियर र एरिजोनाका सिनेटर मार्क केलीको नाम पनि चर्चामा छ ।

सन् २०१६ र २०२४ मा ट्रम्पलाई सत्तामा पुर्‍याएको रिपब्लिकन पार्टी मध्यावधिमा कमजोर बनेपछि ट्रम्पको उत्तराधिकारी चयन अनिश्चित भएको छ । निर्वाचन परिणामले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका लागि दुवै दलभित्र नयाँ समीकरण र प्रतिस्पर्धाको आधार तयार गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4d ago
अमेरिकाको मिसिसिपीमा सिनेट निर्वाचनको मतगणनामा विवाद, पुनः मतगणना हुन सक्ने

अमेरिकाको मिसिसिपीमा सिनेट निर्वाचनको मतगणनामा विवाद, पुनः मतगणना हुन सक्ने

काठमाडौं : अमेरिकाको मिसिसिपी राज्यमा सिनेट निर्वाचनको नतिजालाई लिएर विवाद चर्किएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोमले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर सिन्डी हाइड–स्मिथलाई झिनो ...

#निर्वाचन #अमेरिका
Compare →

Related Stories

World News
Build #2611