Trending
Prev Story
Next Story

३ बजे कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक बस्दै

Ekantipur •
November 05, 2026 • 09:32 AM
1
1 reads 0 reactions

एक सहमहामन्त्रीका अनुसार बैठकमा सभापति गगन थापालाई पक्राउ गर्ने हल्ला, पार्टी नेतृत्वविरुद्ध सार्वजनिक भएका आरोप र सरकारका पछिल्ला गतिविधिबारे छलफल हुनेछ ।

३ बजे कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक बस्दै

एक सहमहामन्त्रीका अनुसार बैठकमा सभापति गगन थापालाई पक्राउ गर्ने हल्ला, पार्टी नेतृत्वविरुद्ध सार्वजनिक भएका आरोप र सरकारका पछिल्ला गतिविधिबारे छलफल हुनेछ ।

काठमाडौँ — कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक आज अपराह्न ३ बजे सानेपामा बस्ने भएको छ । यो बैठकअघि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको पार्टीको नीति प्रतिष्ठानको बैठकसमेत बसेको थियो ।

एक सहमहामन्त्रीका अनुसार बैठकमा सभापति गगन थापालाई पक्राउ गर्ने हल्ला, पार्टी नेतृत्वविरुद्ध सार्वजनिक भएका आरोप र सरकारले लिइरहेको ‘निरंकुश’ बाटोका विषयमा छलफल हुनेछ ।

बुधबार पनि सानेपामा पदाधिकारीको यस्तै अनौपचारिक बैठक बसेको थियो । बैठकपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारका पछिल्ला गतिविधिका बारेमा कांग्रेसको धारणा राखेका थिए । उनले सरकारले प्रेस स्वतन्त्रता खुम्च्याउने र कर्मचारी तथा सुरक्षा संयन्त्रमा भय फैलाउने काम गरिरहेको बताएका थिए ।

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
शिक्षा मन्त्रालयले गर्‍यो त्रिवि पदाधिकारीसँग छलफल

शिक्षा मन्त्रालयले गर्‍यो त्रिवि पदाधिकारीसँग छलफल

त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउन शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ। शुक्रबार सिं...

#पदाधिकारी
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु …

#गगन-थापा #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611