Trending
Prev Story
Next Story

‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ?

Onlinekhabar •
November 05, 2026 • 09:30 AM
1
1 reads 0 reactions

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ हेरेपछि एउटा विशेष दृश्यलाई लिएर दर्शकहरूले असन्तुष्टि जनाएका छन् । फिल्ममा सीताको भूमिका निर्वाह गरेकी साई पल्लवी १४ हजार राक्षससँग लडेको दृश्यलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । केही प्रयोगकर्ताले …

‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ?

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ हेरेपछि एउटा विशेष दृश्यलाई लिएर दर्शकहरूले असन्तुष्टि जनाएका छन् ।

फिल्ममा सीताको भूमिका निर्वाह गरेकी साई पल्लवी १४ हजार राक्षससँग लडेको दृश्यलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।

केही प्रयोगकर्ताले रामायणमा यस्तो घटनाको उल्लेख नै नभएको भन्दै दृश्यको आलोचना गरेका छन् ।

रणवीर कपुर, साई पल्लवी र यश अभिनीत ‘रामायण’ नोभेम्बर ५ मा दीपावलीको अवसर पारेर सिनेमा हलमा प्रदर्शनमा आएको छ ।

फिल्म हेरेपछि दर्शकहरूले आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यसैबीच फिल्ममा देखाइएका केही घटनाको तथ्यलाई लिएर सामाजिक सञ्जालमा बहससमेत भइरहेको छ ।

त्यसमध्ये एउटा दृश्यमा सीताको भूमिकामा रहेकी साई पल्लवी युद्धभूमिमा उत्रिएको देखाइएको छ ।

फिल्ममा वनवासका क्रममा भगवान् रामलाई साथ दिन माता सीता पनि युद्धभूमिमा पुग्छिन् ।  फिल्ममा उनले श्रीरामसँगै युद्ध गर्दै १४ हजार राक्षसलाई परास्त गरेको दृश्य देखाइएको छ ।

यही दृश्यलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू दुई समूहमा बाँडिएका छन् ।

केहीले माता सीता कहिल्यै युद्धभूमिमा उत्रिएको उल्लेख रामायणमा नरहेको दाबी गरेका छन् भने केहीले यसको विपरीत धारणा राखेका छन् ।

यसरी साई पल्लवीको युद्ध दृश्यलाई लिएर सामाजिक सञ्जालमा आलोचना र बहस सुरु भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
9h ago
जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

भव्य दृश्य संयोजन, उच्चस्तरको दृश्य प्रभाव (भीएफएक्स) र सशक्त एक्सनका कारण प्रशंसा पाइरहेको उक्त दृश्य तयार गर्न निर्देशक नितेश तिवारीको टोलीलाई साढे ६ वर्ष लागेको खुलासा भएको छ।

#दृश्य #फिल्म #युद्ध
Compare →
Hamro Patro News
10h ago
शाहरुखको ‘पठान’ लाई पछि पार्दै ‘रामायण’

शाहरुखको ‘पठान’ लाई पछि पार्दै ‘रामायण’

काठमाडौं- अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘रामायण: पार्ट १’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ । प्रदर्शनमा आएको ८ दिनमै फिल्मले विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारतिय रुपैँया ग्रस कलेक्स...

#फिल्म #रामायण
Compare →

Related Stories

World News
Build #2611